हेटौडा नगरकप फुटवल कार्तिक दोश्रो साता हुने

ZEN Travels

हेटौडा २ असार । हेटौडा नगरकप फुटवलको तेश्रो संकरण आगामी कार्तिक दोश्रो हप्ता हुने भएको छ । हेटौडा उपमहानगरपालिका र खेलकुद विकास समितिको छलफलवाट नगरकप फुटवल कार्तिक दोश्रो हप्ता गर्ने सहमति हुने भएको हो । हेटौडा उपमहानगरपालिका अन्तर वडा स्तरिय नगरकप फुटवल गत वैशाखमा गर्ने भनिए पनि निर्वाचनका कारण स्थगित भएको थियो ।

 

हेटौडाका फुटवल खेलाडीहरु उत्पादनको लागि महत्वपूर्ण आधारका रुपमा लिईन्छ ।

 
हेटौडा उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतको उपस्थितिमा भएको छलफलवाट अहिले वर्षा लागेको हुनाले प्रतियोगिता आयोजना गर्न असहज हुनेभएकोले दशै,तिहार र छड पर्व लगत्तै प्रतियोगिता आयोजना गर्ने निष्कर्ष निकालिकएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभएको छ ।

 

हेटौडा नगरपालिकाको आर्थिक सहयोग तथा हेटौडा स्कुल अफ म्यानेजम्यान्टको मुख्य प्रायोजनमा गत वर्ष भएको प्रतियोगिताको उपाधि सात नं वडाले जितेको थियो । छलफलमा नगरपालिकाका सुचना अधिकृत शंकर उपाध्याय, सामाजिक विकास महांशाखा प्रवन्धक भिम तिमल्सिना, खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल लगायतको सहभागिता थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला