स्वीटजरल्याण्ड स्तरिय भलिवल प्रतियोगिता हुँदै

ZEN Travels

स्वीटजरल्याण्ड । प्रवासमा आएर यूवाहरुलाई नेपाली राष्ट्रिय खेल भलिवललाई स्वीटजरल्याण्डमा रहेका नेपालीहरु माझ स्वीटजरल्याण्ड स्तरिय भलिवल प्रतियोगिताको आयोजना गरेको छ ।

नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको आयोजनामा भर्खरै अधिवेसनबाट महामन्त्री चयन हुनु भएका तिलक थापाको संयोजकत्वमा संपन्न हुन गईरहेको प्रतियोगितामा स्विस क्यान्तोनमा रहेका नेपालीहरुले भाग लिने भएका छन् ।

६ अगस्ट २०१७ आइतबारको दिन जुरिख बुखेग प्लाज ( Bucheg Platz ) मा हुने भएको छ । प्रतियोगितमा भाग लिने भलिबल टिमको लागी २०० स्विस फ्यांक दर्ता सुल्क तोकिएको छ ।

हरेक बर्ष गर्दै आएको भलिवल प्रतियोगितामा बिजेता र उपबिजेताहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।

अराउ समाजको रनिङ शिल्ड प्रायोजनमा गरिदै आएको भलिबल प्रतियोगिता कार्यक्रममा बिभिन्न नेपाली परिकारहरु तथा मनोरञ्जतात्क कार्यक्रम पनि हुने हुनाले संपुर्ण स्विसबासी नेपालीहरु उपस्थित भई नेपालको राष्ट्रिय खेलालाई महत्व दिदै र खेलाडीहरुलाई हौसला प्रदान गरिदिनु हुन नेपाली जनसम्पर्क समिति स्विसका अध्यक्ष श्याम सापकोटाले अनुरोध गरेका छन् ।

समय:- ११:०० बजे
स्थान:- (बुखेग प्लाज) Bucheg platz जुरिच
मिति:- ०६ -०८ -२०१७ आइतबार

पुरस्कारहरु:- प्रथम:- रनिङ शिल्ड, मेडल, प्रमाणपत्र, नगद ( टिम अनुसार )
दोस्रो:- शिल्ड, मेडल, प्रमाणपत्र, नगद ( टिम अनुसार )

प्रवेश शुल्क : २०० स्विस फ्रान्क

नियमहरु :
१. खेल प्रचलित नियम अनुसार खेलाइने छ।
२. टिममा अफिसियल सहित आठ जना हुनु पर्नेछ ।
३. खेलको अन्य नियमहरु खेलमैदानमा जानकारी गराईनेछ।
: खाजा पानीको ब्यबस्था हुनेछ।

(बोधार्थ:- व्यक्तिगत वा संघ सस्थाको नामबाट पुरस्कारहरु प्रायोजन गर्न इच्छुक शुभेच्छुकहरुलाई स्वागत गर्दछौं।)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला