एनआरएनए हङकङको अध्यक्ष पदमा टिका गुरुङ निर्बिरोध निर्वाचित

Loading...

 

पुष्प थापा–एनआरएनए हङकङको २०१७/२०१९ कार्यकालको लागी नया कार्यसमितिमा अध्यक्ष टिका गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ। अध्यक्ष गायतका अरु बाकी अधिकांश पदहरु पनि निर्विरोध निर्वाचित चयन भएका छन। छैठौँ अधिवेशन चलिरहँदा अन्तिम समयमा अध्यक्ष पदका प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदमा टीका (राधिका) गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ। एक अध्यक्ष, २ जना उपाध्यक्ष,१ महासचिव, १कोषाध्यक्ष, १युवा संयोजक, १महिला संयोजक र ९ जना सदस्य गरी १८ जना चुनिने नयाँ कार्यसमितिका लागि दुई पदमा बाहेक अरु सबै पदहरुमा निर्विरोध भएको हामीलाई जानकारी प्राप्त भएको छ। सर्वसम्मत नभएका पदहरु महासचिव र महिला संयोजक लागि मात्र निर्वाचन भएको जनाएका छन।

 

थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Loading...

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला