NRNA जर्मनी LCC बर्लिन तथा ब्राण्डनबर्गको संयोजकमा महेन्द्र धिताल निर्वाचित

गैर आवासिय नेपाली संघ जर्मनी क्षेत्रीय समन्वय परिषद बर्लिन तथा ब्राण्डेन्बर्गको तेस्रो अधिबेसन ७ अगष्ट २०१७ मा बर्लिनमा सम्पन्न भएको छ । एलसिसी संयोजक राजेश सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए कि संस्थापक महिला संयोजक अग्रज उषा शर्मा,एनआरएनए जर्मनिका आईसीसी सदस्य सुरेन्द्र प्रधान,अध्यक्ष नवराज रोस्यारा लगायत बर्लिन तथा ब्राण्डनबर्ग निवासी तथा जर्मनीको विभिन्न ठाउँबाट आएका गैर आवासीय नेपालीहरुको ठुलो सहभागीयतामा सम्पन्न अधिबेसन आगामी कार्यकाल २०१७/२०१९ को कार्यकालको लागी महेन्द्र धितालको संयोजकत्वमा १५सदस्यीय कार्यसमितिको चयन गरेको छ । उक्त अधिवेशनले आफ्नो २बर्षे कार्यकाल सफलता पुर्वक सम्पन्न गरेकोमा एलसिसी निबर्तमान संयोजक राजेश सुनार लगायतको टिमलाई बधाइ तथा धन्यवाद ज्ञापन गरेको छ ।नव निर्वाचित कार्यसमितीका पदाधिकारी,कार्यकारी र संरक्षक तथा सल्लाहकार हरुको नाम निम्नानुसार रहेको छ ।


१)महेन्द्र धिताल
 – संयोजक
२)राममायॉ परियार
 – सहसंयोजक
३)रुद्र सुब्बा
 सहसंयोजक
४)उत्तम घिमिरे
 – सचिब
५)नारायण सापकोटा
 – कोषाध्यक्ष
६)लक्ष्मी कुँबर- महिला प्रतिनिधि 

७)शिखर घिमिरे
- युवा संयोजक
कार्यकारी सदस्यहरु
१)अनिल बाँनिया

२)संगिता कटुवाल

२)सुनिता ढुंगाना

३)रबी ढुंगाना

४) दिनेश श्रेष्ठ

५) प्रदिप बजगाइ

६)लेजुना श्रेष्ठ

७)अभिषेक अधिकारी


संरक्षक परिषद
१)दिल बहादुर गुरुङ


२)कृष्ण राना

३)कालिदास तिवारी
सल्लाहकार परिषद
१)मनोज कुमार भण्डारी 

२)बसन्त पाण्डे 

३) राजेश सुनार
नव निर्वाचित संयोजक महेन्द्र धिताल लगायत सम्पूर्ण पदाधिकारी,कार्यकारी,संरक्षक र सल्लाहकार हरु सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको लाखौ लाख शुभकामना!

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला