रोटरी क्लब अफ जावलाखेलले युवाहरुलाई सचेत गराउन गर्यो यस्तो भब्य कार्यक्रम

ZEN Travels

काठमाडौँ । अन्तराष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा समाजप्रति युवाको दायित्व शिर्षकमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ जावलाखेलको आयोजनामा सम्पन्न कार्यक्रममा रोटरियन शारदा आचार्य , रोटरियन राजेन्द्र बहादुर श्रेष्ठ, मञ्जु कार्की, सुवर्णा बस्नेत लगायतका ज्ञाताहरुले युवाहरुलाई उत्प्रेरणा दिने र समाजप्रति युवा सक्रिय गराउने विषयमा बोलेका थिए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख वक्ता समेत रहेका श्रेष्ठले मुलुकमा आर्थिक क्रान्ति देशका जिम्मेवार राजनीतिज्ञ र युवाहरुबाट नै सम्भव भएको र त्यसको अब समय आएको बताए । उनले सिंगापुरका एक नेताको उदाहरण दिँदै नेपालका युवा नेताहरुले पनि उनकै शैलीमा काम गर्न जरुरी रहेको देशको मुहार फेर्ने दिन आएको र त्यो युवाहरुबाट पनि सम्भव भएको बताए । श्रेष्ठले नेपाल विश्वकै सुन्दर मुलुक भएको र नेपालजस्ता सुन्दर देशहरु विश्वमा नै कम भएको बताए ।

त्यस्तै रोटरियन मञ्जु कार्कीले शान्ति हरेक ब्यक्ति भित्र भएको र त्यसलाई प्राप्त गर्न ब्यक्त स्वयमले जान्न आवश्यक रहेको बताइन् । त्यस्तै कार्यक्रममा रोटरियन सुवर्णा बस्नेतले युवाहरुले शान्त वातावरणमा ध्यान गरेको खण्डमा वातावरण नै शान्त हुने र त्यसले समाजमा शान्ति ल्याउने बताइन् । आर्ट अर्फ लिभिङकी शिक्षिका समेत रहेकी बस्नेतले युवा होस् वा वृद्ध, हरेकले हरेक विहान शान्त वातावरणमा सपना देख्न र कर्म गर्न छाड्न नहुने जिकिर गरिन् । त्यस्तै कार्यक्रमका अर्का वक्ता डा। विरेन्द्रराज पोखरेलले मुलुकमा राष्ट्रिय युवा निती, युवा परिषद, सबैकुरा भए पनि सरकारले गर्नुपर्ने काम कुरा र कर्तब्यमा चुकेको बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला