भारत लान खोजिएका तीन महिलाको कैलालीबाट उद्धार

कैलाली, साउन २५ ।

कैलालीको त्रिनगर भन्सारको बाटो हुँदै बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तीनजना महिलाको उद्धार गरेको छ भने दुई पुरुषलाई नियन्त्रणमा लिएको छ ।

कैलालीको टीकापुर नगरपालिका–१३ घर भइ लम्कीमा प्रेसमा काम गर्ने शिवराज सन्ज्याल र टीकापुरमै पुस्तक पसल सन्चालन गरेर बसेका कमल चौधरीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

उनीहरुले नेपाली महिलाहरुलाई भारतीय दलाललाई बिक्री गर्न पठाउने गरेको खुलासा भएको छ ।

एक महिलालाई सीमापार गराएबापत आफूले ५ हजार भारु पाउने गरेको पनि सन्ज्यालले बताएको प्रहरीले जनाएको छ ।

शंका लागेर सोधपुछ गर्दा उनीहरुको कुरा बाझिएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले जानकारी दिइन् ।

उद्धार गरिएका महिलाहरु जाजरकोट, रोल्पा र चितवनका भएको जनाइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला