पेट्रोलियम व्यवसायी आन्दोलित

ZEN Travels

काठमाडौँ २६ साउन ्र
पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने परिमाण क्षतीका कारण आर्थिक भार खेप्नुपरेपनि सरकारले समस्या समाधानमा पहल नगरेको भन्दै पेट्रोलियम व्यवसायीहरु फेरी आन्दोलित भएका छन् ।
व्यवसायीहरुले संघर्षका कार्यक्रम अन्तर्गत आजबाट मुलुकभरका सबै इन्धन डिपो तथा विक्रि केन्द्रबाट पेट्रोलियम पदार्थ खरिद नगर्ने–

 

नगराउने भएका छन् । पदार्थको परिमाणमा देखिएको समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेकाले आजदेखि पेट्रोलियम पदार्थ खरिद नगर्ने पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिनुभयो ।
२९ गते भित्र पनि माग पुरा नभए ३० गतेसम्म सबै मौज्दात इन्धन विक्रि गरी ३१ गतेबाट देशैभरका पेट्रोल पम्प बन्द गर्ने उहाँले बताउनुभयो । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई उपलब्ध गराउने पेट्रोल डिपो हुँदै पम्पमा आइपुग्दा चार हजार लिटरमा पेट्रोलमा ९९ लिटर र सोही परिमाणको डिजेलमा ६० लिटर कम हुने गरेको छ ।

एशोशिएसनले आयल निगमले जारी गरेको बिजकमा उल्लेख गरिएको परिमाण अनुसारकै इन्धन प्राप्त हुनुपर्ने अन्यथा त्यसको समायोजन निगमले गर्नुपर्ने, विक्रेतालाई उपलब्ध गराउने पेट्रोलियम पदार्थको परिमाण र गुणस्तर नापतौल विभागले समेत प्रमाणित गरेको हुनुपर्ने लगायत माग अघि सारेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला