महेन्द्रनगरमा एक विघार्थीको घाँटी रेटेर हत्या

Loading...

 

कञ्चनपुर

साउन २८ ।

महेन्द्रनगरको सिद्दनाथ विज्ञान क्याम्पसमा अध्ययनरत एक विद्यार्थीको होस्टेलभित्रै हत्या भएको छ । स्नातक तह चौथो वर्षमा पढने बझाङ्गको सैनामबसेला गाउँपालिका २३ वर्षका डम्बरबहादुर जाग्रीको शनिबार बिहान ८ बजेतिर क्याम्पसको होस्टेलभित्र हत्या भएको हो ।

बिहान क्याम्पस बाहिरको गेटमा चुरोट खाएर होस्टेल फर्किएका जाग्रीको त्यसको केही समयपछि हत्या भएको खबर आएको स्थानीय बासिन्दाले बताएका छन् । होस्टेलको तल्लो तलाको स्टोर कोठामा घाँटी काटिएको अवस्थामा उहाँको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा चक्कु फेला परेको छ ।

बझाङ्ग घर भएका जाग्री गएको ४ वर्षदेखि सिद्दनाथ विज्ञान क्याम्पसको होस्टलमा बस्दै आएका थिए । जाग्री होस्टेलभित्र खानाको मेस समेत सञ्चालन गर्दै आएका थिए । जाग्रीको होस्टेलभित्रैका कसैले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेकोे छ । सिद्दनाथ विज्ञान क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्व अध्यक्ष जाग्रीलाई चारदिन अघि बसेको बैठकबाट अखिल क्रान्तिकारी विद्यार्थी संगठनको संयोजक जिम्मेवारी पनि दिइएको थियो ।

 

थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Loading...

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला