१० किलो चरेससहित एक पक्राउ

भीमदत्तनगर,

२८ साउन  ।

प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) को टोलीले १० किलो लागुऔषध चरेससहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ ।

फलुबारी नगरपालिका–१८ ईगाउँ घर भएका अभियुक्त बोहरालाई घरछेउबाट ब्युरोको टोलीले चरेससहित नियन्त्रणमा लिएको ब्युरोका प्रमुख प्रहरी नायब निरीक्षक लोकराज भट्टले जानकारी दिए ।

ब्युरोले अभियुक्त बोहराले बझाङबाट चरेस आयात गरी भारत निर्यात गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ । रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला