मोरङका २ हजार ३ सय घर डुबानमा

ZEN Travels

मोरङ,

२८ साउन । झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीका धेरै क्षेत्र जलमग्न छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाको कारण मोरङका विभिन्न खोलामा आएको बाढी गाउँ पस्दा सयौं घर डुबानमा परेका छन् । विराटनगरका धेरै प्रभावित ठाउँ

विस्थापित भएका छन् । विराटनगरको कोशी राजमार्ग पश्चिमको क्षेत्र डुबानमा परेको छ । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज पनि डुबानमा परेको छ । विराटनगर–१ पोखरीयाका ३५ घर विस्थापित भएका छन् ।

वर्षाले विराटनगर महानगरपालिका ४, ५, ६, ११ र १२ नम्बर वडामा अन्दाजी ६ सय घर डुबानमा परेको छ । पीडित परिवारलाई आफन्त तथा छिमेकीको घरमा सार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यसैगरी मोरङको रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर रतुवामाई नगरपालिका–५ प्रहरी चौकी गोबिन्दपुरमा पानी पसेर डुबान भएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला