‘अस्पतालमा अक्सिजन आपूर्ति बन्द हुँदा ३० बालबालिकाको मृत्यु’

Loading...

 

गोरखपुर

२८ साउन।

भारतको गोरखपुस्थित सरकारी स्वामित्वमा रहेको बाबा राघव दास (बीआरडी) मेडिकल कलेजमा अक्सिजन आपुर्ति बन्द हुँदा कम्तिमा ३० बालबालिकाको मृत्यु भएको छ ।

गोरखपुर जिल्ला मेजिस्ट्रेट राजीव रौतेलाले २४ घण्टामा मेडिकल कलेजभित्र कम्तिमा ३० बालबालिका मारिएको ‘बीबीसी‘लाई बताएका छन् ।

मृत्यु हुने बालबालिकामध्ये ‘एनएनयू वार्ड’मा १३ जना र ‘इन्सेफ्लाइटिस वार्ड’मा १७ जना रहेको बताइएको छ । साथै, इन्सेफ्लाइटिसका विरामी उपचार गर्नेे वार्डमा अन्य विरामीको समेत मृत्यु भएको उल्लेख छ ।

अस्पतालले अक्सिजन फर्मलाई करिव ६९ लाख भारु बक्र्यौता रकम तिर्न नसकेपछि शुक्रबार नै अक्सिजन आपुर्ति बन्द गरिदिएकोले यस्तो घटना घटेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तर, अस्पतालले भने अक्सिजनको कमीले बालबालिकाको मृत्यु भएको भन्ने समाचार भ्रामक भएको भन्दै बचाउ गरेको छ । उक्त घटनापश्चात स्वास्थ्यमन्त्री सिद्धार्थनाथ सिंह लगायत अन्य उच्च अधिकारी गोरखपुर पुगेका छन् ।

 

थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Loading...

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला