स्तनको जाँच घरमा नै गर्न सकिने, चेतना दिन लबिम मलमा कार्यक्रम

ललितपुर
२८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनले ललितपुरको लबिम मलमा जनचेतनासम्बन्धी कार्यक्रम गरेको छ ।
नियमित जाँच गरेमा स्तन क्यान्सरको जोखिमबाट बच्न सकिन्छ भन्ने सन्देश दिनको लागि कार्यक्रम आयोजना गरिएको आयोजक स्तन क्यान्सर विशेषज्ञ डाक्टर सुजिता हिराचनले बताउनुभयो ।

स्तन क्यान्सरको परिक्षण गर्न अस्पताल नै जानुपर्छ भन्ने हुँदैन । स्तन क्यान्सर हातका तीन औँलाको प्रयोग गरेर तीन तरिकाले स्तनको परिक्षण गरेर गर्न सकिन्छ । पहिलो नुहाउँदा जाँच्ने, दोस्रो ऐना अगाडि उभिएर र तेस्रो पल्टिएको बेलामा । यसरी स्तन परिक्षण गर्दा हरेक महिना एउटै समयमा परिक्षण गर्न जरुरी छ ।
महिनावारी भइरहेका महिलाले महिनावारी रोकिएका तीन दिनपछि राम्रो हुने तथा महिनावारी रोकिएको महिलाले पनि हरेक महिनाको एकै दिन यो परिक्षण गर्न सकिन्छ । तर स्तनमा कुनै किसिमको परिवर्तन आएमा तुरुन्त अस्पताल जानुपर्ने डाक्टर हिराचनले बताउनुभयो । कार्यक्रममा नाचेर, रिबन, मुटु बनाएर सूचना दिइएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला