पर्वतवासीलाई एकताको दर र सम्मान

पर्वत
२८ साउन ।
विगतका बर्षहरु जस्तै यस वर्ष पनि समाज सेवामा कृयाशिल यूवाहरुको संस्था एकता यूवा क्लव पर्वत र अन्य क्लवहरुले एउटा विशाल कार्यक्रमको आयोजना गरि तिजका चेलीवेटीहरुलाई सामूहिक दर खुवाउने तथा ८४ वर्ष पार भएका वृद्धहरुलाई सम्मान गर्ने कार्यक्रम संपन्न गरेको छ । प्रत्येक वर्ष कूश्मा वजारको एकता चोकमा आयोजन गर्ने तिज कार्यक्रम अन्तरगत यस वर्ष विभिन्न खेलकूद कार्यक्रमहरु घैटो फोर,म्यूजिकल चेयर,त्यसै गरि विभिन्न विधा कृषि उद्यम,तरकारी खेती,कुखूरापालन लगायतका व्यवसायमा सफल भएका उद्यमीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रम जेष्ठ नागरिक अक्षरी चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा कुश्मानगरपालिकाका मेयर रामचन्द्र जोशीले महिलाहरुको महान पर्व हरीतालिका तिजको शुभकामना दिदै चुनावको वेला हामी तपाईहरुको घर घरमा गएर महिला शसक्तिकरण,आयआर्जन र क्षमता विकासका विभिन्न कार्यक्रम संचालन गर्ने छौं भनेर प्रतिवद्धता जनाएका छौं, अव हामी त्यो वचन पुरा गर्ने ठाउंमा निर्वा्चित भएका छौं त्यसकारण तपाईहरुले माग अव नगरको योजनामा संवोधन गरि कार्यान्वयनमा ल्याउने वताउनू भयो । एकता यूवा क्लवको संस्थापक सल्लाहकार भएका कारण पनि यस क्लव संग मेरो छुट्टै सामिप्यता रहेको जनाउदै उक्त क्लवले गरेका सामाजिक सेवाका कार्यहरुको मूक्तकण्ठले प्रशंसा गर्नु भएको थियो ।

उपमेयर सिता काफ्ले लामिछानेले महिलाहरु पहिले चुलोचौकोमा मात्रै समित थिए,घरवाट वाहिरा निस्कन नपाउने अवस्थामा तिजको ठूलो महत्व थियो जहां दिदिवहिनीहरुले गित मार्फत आफ्ना वेदना पोख्ने गर्दथे । तर आजकल सवै दिदि वहिनीहरु पहिले भन्दा केहि स्वतन्त्रता भएका कारण सुख दुःखका कुरा साट्ने एकआपसमा भेटघाट हुने र रमाईलो गर्ने पर्वको रुपमा विकसीत भएको धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य डाक्टर चुडामणी शर्मा,क्लवका संस्थापक सल्लाहकार,नेपाली कांग्रेसका महासमीति सदस्य वसन्तवहादुर सिके, सल्लाहकार कमलनाथ पोख्रेल,कुश्मानगरपालिका वार्ड नम्बर ५ का वडाध्यक्ष चित्रकला शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्लवले एनआईसी एसिया वैँकको प्रायोजनमा १० जना जेष्ठ नागरिक महिलाहरुलाई सम्मान गरेको छ । त्यस्तै ३ जना फरक फरक विद्याका उद्यमी महिलाहरुलाई सम्मान गरेको छ । खेलकुद तर्फ क्लवले आयोजना गरेको घैँटोफोर प्रतियोगितामा सावित्री आचार्य विजेता वन्नुभएको छ । म्युजिकर चियरमा शारदा पौडेल पहिलो, उमा केसी दोस्रो र उषा चापागाई तेस्रो वन्नुभएको क्लवका अध्यक्ष अच्यूत तिवारीले जानकारी दिनुभयो

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला