NRNA President शेष घले राहात सामाग्री बाढी पिडितलाई वितरण गर्दै

गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालिन राहत बितरण गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन शर्मावीच बिहीबार बिहान काठमाण्डौमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रीत हुन आग्रह गर्नुभएको हो ।
गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघले देखाएको अग्रसरताको प्रसंसा गर्दै सप्तरी जिल्लामा राहत बितरण गरिदिन आग्रह गर्नुभयो ।

अध्यक्ष घलेले हाल राहत सामाग्री खरिदको प्रकृया चलिरहेको जानकारी दिँदै एक दुई दिनमै राहत बितरणका लागि सप्तरी पुग्ने जानकारी गराउनुभयो । गृहमन्त्री शर्माले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा पीडितलाई राहत बितरण गर्न सुझाव दिनुभएको छ ।

भेटपछि अध्यक्ष घलेले सरकारको आग्रहअनुसार नै स्थानीय प्रशासनसँगको समन्वयमा प्रभावकारी राहत बितरण गरिने बताउनुभयो । एनआरएनएले घर बगाएका पीडित परिवारलाई त्रिपाल तथा छोटो समयका लागि खाद्यसामाग्रीसमेत बितरण गर्ने तयारी गरेको घलेले जानकारी दिनुभयो । बाढीपछि फैलिनसक्ने प्रकोपलाई ध्यान दिँदै एनआरएनएले स्वास्थ्य शिविर स्थापना गर्ने जानकारी दिँदै अध्यक्ष घलेले सो अभियानमा स्वयंसेवीरुपमा सहभागी हुन स्वास्थ्यकर्मीहरुलाई आह्वान गर्नुभयो ।

मुलुकमा बाढीको प्रकोप सुरु हुनासाथ गैरआवासीय नेपाली संघले आपतकालिन राहत कोष स्थापना गरी रकम संकलन अभियान सञ्चालन गरेको थियो । एक साताभित्र करिव दुई करोड रुपैयाँ संकलन गरी पीडितलाई राहत बितरण गर्ने गैरआवासीय नेपाली संघको योजना अन्र्तगत गृहमन्त्रीसँग छलफल भएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला