पर्वतमा तिजको रौनकमा साँसद जोशीले थपे रौनक

पर्वत,
भाद्र ०१ ।

रोशन तिवारी

 

तिजको रौनक गाउँदेखि शहर सम्म छाएको छ । तिजले सबैलाई छोएका बेला पर्वतका एकजना साँसदले महिला दिदिवहिनी तथा दाजुभाईको जमघट गराएर तिजको रौनकमा थप रौनक थप्नुभएको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले मोदी गाउँपालिकामा आज तिजको अवसरमा दर ख्वाउने र साँस्कृतिक कार्यक्रम गरेर वेग्लै सन्देश दिनुभएको छ । उहाँले तिजको अवसरमा महिला दिदिवहिनीहको उत्साहमा थप उर्जा दिन कार्यक्रमको आयोजना गर्नुभएको जानकारी दिनुभयो । कार्यक्रममा हजारौँ जना सहभागि भएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै जोशीले महिलाहरुलाई तिजलाई समाज परिवर्तनको अभियानको रुपमा लिन आग्रह गर्नुभएको छ । उहाँले पुरुषको हाराहारीमा सबै तहमा सहभागिता र पहुँच वढाउन महिलाहरुलाई सुझाउनुभयो । गाउँ गाउँमा सडक, विजुली, स्वास्थ्य, विद्यालय, सिचाई जस्ता पूर्वाधारमा आज सम्म धेरै सहयोग गरेको वताउँदै नेता जोशीले अव एक गाउँमा एक उद्यम सञ्चालन गर्ने गरि सहयोग गर्ने जानकारी दिनुभयो । ‘अव श्रीमान संग साडी किन्ने पैसा माग्ने होईन श्रीमानलाई कोट किन्ने हैषियत तपाईहरुले वनाउनुस, ‘जोशीले भन्नुभयो, ‘सबै महिलाको हातमा सीप र एक न एक उद्यम हुनुपर्छ, । जोशीले महिलाहरुलाई गाउँमा उद्यम सञ्चालन गर्न वजेट माग गरेमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । तिज मनाउन जम्मा भएका हजारौँ महिलाहरुलाई सम्बोधन गर्दै जोशीले भन्नुभयो–‘ अव सडक होईन आयआर्जन चाहिएको छ, त्यसैले आयआर्जनका लागि वजेट माग्नुहोस मैले खुशी भएर सहयोग गर्छु, । हात वाँधेर वस्न छोडेर अव महिलाहरुलाई आयआर्जन गरि सक्षम वन्न साँसद जोशीले आग्रह गर्नुभएको छ । ”

कार्यक्रममा मोदी गाउँपालिकाका महिला नेता एवं काँग्रेसका महाधिबेशन प्रतिनिधी मिना केसी, कुश्मा नगरपालिकाका उपमेयर सीता काफ्ले लामिछानेले महिलाहरुलाई घरवाट वाहिर निस्कन आग्रह गर्नुभयो । नेताद्धयले पर्वतका महिलाहरुलाई अव चुप लागेर नवस्न आव्हान गर्नुभयो । उक्त अवसरमा राष्ट्रिय कलाकार विमलराज क्षेत्री, सरस्वती लामिछाने, चोलेन्द्र पौडेल, तुलसा जिसी, सुजन वराईली लगायतका कलाकारहरुले तिजगित प्रस्तुत गरेर मनोरञ्जन दिलाउनुभएको थियो । कलाकारहरुको साँगितिक प्रस्तुतीले कार्यक्रममा उपस्थित भएकाहरु छमछमी नाचेका थिए । कार्यक्रमको सञ्चालन नेवि संघका नेता आर। सी। पौडेलले गर्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला