पत्रकार महासंघका लागि प्रेस युनियनले लगायो बाँकी उम्मेदवारको टुंगो

काठमाडौं,

भदौ १  ।

नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको आसन्न २५ औँ महाधिवेशनको लागि बाँकी उम्मेद्वार चयन गरेको छ । युनियनको बिहीबार बसेको बैठकले खुल्ला सदस्यमा लक्ष्मण कार्की, नकुल अर्याल र हरिहर सिङ राठोरको उम्मेदवारी तय गरेको हो ।

यस्तै मधेसी सदस्यमा अबदेशकुमार झा, अपाङ्गमा माधब चौलागाई र अल्पसङ्ख्यकमा मोहम्म्मद इजहार हक मिक्रानी र दलित सदस्यमा सूर्य बिक, प्रतिस्ठान सदस्यमा यम बिरहिको नाम टुङ्गो लगाएको युनियनका उपाध्यक्ष विजय सन्तोशी राईले जानकारी दिनु भयो ।

यस्तै प्रदेश अन्तर्गत २ नम्बरबाट शैलेन्द्र झा,  ३ बाट राजकुमार कार्की, ४ बाट दिलिप पौडेल, ५ बाट पुरुषोत्तम सुवेदी, ६ मा कलेन्द्र सेजुवाल र उपत्यकाबाट श्रीजन झाको नाम तय गरेको उहाँले जानकारी दिनुभयो । यस्तै लेखा समिति सदस्यमा मिरा राजभण्डारीको नाम तय गरेको छ । यस्तै महिला सदस्यमा जानुका बराल र सृजना अर्यालको नाम टुंगो लगाइएको छ ।

प्रदेश नम्बर १, ७ र जनजाती एसोसियट सदस्यको नाम शुक्रबार टुङ्याइने जनाएको छ। अधिवेशनमा युनियनले प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघसँग संयुक्त प्यानल बनाएर चुनाव लड्दै छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला