नेपाली जनसंपर्क समिती युकेको महामन्त्री पदमा कुश बस्नेतको उम्मेद्वारी घोषणा

आदरणीय बेलायत निवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु
जय नेपाल,
लोकतन्त्रबादी नेपालीहरुको स्वतन्त्र विचार र नेपाली कांग्रेसका आदर्शहरु, मानव अधिकारसितको जीवन यापन गर्ने हक अधिकारहरू विश्वको सबै ठाउमा रहेने नेपालीहरुले संरक्षण गर्दै आईरहेका छौ। नेपालको मायालाई संसार भरी फैलिएर रहेका नेपालीहरुले आफ्नो हृदयमा च्यापेर ल्याएको नेपाली हाम्रो पहिचान हाम्रो भाषा भेष र कला संस्कृती को साथमा हाम्रो स्वतन्त्र लोकतान्त्रिक विचार हो।अहिले बिश्वको ६० मुलुकहरुमा सकृय रुपमा नेपाली कांग्रेसको विदेशस्थित भातृसंगठन नेपाली जनसम्पर्क समितिमा हामी लोकतन्त्रवादी नेपालीहरु चार तारे झण्डामा गोलवन्द भई आबद्ध भएका छौ। नेपाली कांग्रेसका संस्थापक नेता नेपालका पहिलो जननिर्वाचित प्रधान मन्त्री महामानव बिपी कोईराला द्वारा १९७६ सालमा भारतको मुम्बाईबाट स्थापना भएको नेपाली जनसम्पर्क समितीले नेपालका हरेक राजनितीक परिवर्तनमा ठुलो योगदान र समर्पन गरेको ईतिहास आज सबैको अगाडी जगजायर छ।

नेपालीहरुको युकेमा आगमन संगै लोकतन्त्रवादी नेपालीहरुको लोकतान्त्रिक बिचारको संगठन नेपाली जनसम्पर्क समिति बेलायतको स्थापना हुनु सबै नेपालीहरुले आफ्नो स्तन्त्र बिचारको साँझा मंचको रुपमा एकत्रित हुने सुवरण मौका पाएको छौ। नेपाली जनसम्पर्क समिति युकेलाई कसैको व्यक्तिगत स्वार्थ डाह: रिस र ईगोले लामो समयदेखि विभिन्न समुहहरुमा विभाजित युकेका नेपालीहरुको एकताको कमीले गर्दा हाम्रो आपसी सद्धभाव, भाई चारा र लोकतान्त्रिक मुल्य मान्यतालाई आत्म साथ गर्नु नसक्नुले हामी सबैको ठुलो कमजोरी भएको अनुभूति हुन्छ। लोकतन्त्रबादी नेपालीहरुलाई नेपाली जनसम्पर्क समिति बेलायतलाई एकतृत र संगठित गर्न सब्बल योग्य र क्षमतावान नेतृत्व जस्तै महामन्त्रीको नितान्त जरुरत परेको छ।

युके निवासी नेपालीहरुलाई आफुलाई लोकतान्त्रिक विचारका संरक्षक र संवाहकको रुपमा परिचय गराउदै गर्दा नेपाली जनसम्पर्क समिति बेलायत लामो समयसम्म नभएको अधिबेसनलाई सधै बिर्सने गरेका छौ। २००९ मा भएको जनसम्पर्क समिति बेलायतको अधिबेसन आज ८ बर्ष सम्म हुन नसक्नु तपाई हामी सबैको कमि कमजोरीको उपज हो म भन्न चाहान्छु। किन कि नेतृत्वले कुर्सी छाड्न नखोज्ने र हामीले अधिबेसन हुनुपर्दछ भन्ने एकै स्वरको आवाज बनाउन नसक्नु हामी सबैको जिम्मेवारी बराबर हो तर अब समय आई सकेको छ। हामी सबै लोकतन्त्र वादीहरु विभाजित होईन चार तारे झण्डामा गोल बन्द भई एकताको संदेशका साथमा सबैलाई समेटेर एकताबद्ध बनाई ईतिहासको हरेक महत्वपूर्ण परिवर्तनको नेतृत्व गरेको गौरवशाली पार्टी नेपाली कांग्रेसलाई समय सापेक्ष नेपालको आवश्यकता अनुसार अझ सशक्त र क्रियाशील बनाउन बेलायतवासी नेपालीहरुलाई राष्ट्रियता,लोकतन्त्र र समाजवाद प्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई समन्वय गर्न युवा जोस जागर भएको जरुरत भएको छ। नेपाली जनसम्पर्क समिति बेलायतको अधिबेसन यति लामो समय सम्म हुन नसक्नु हाम्रो आपसी जुँघाको लडाईको मानसिकताका साथ गुज्रिनु परेको सम्पूर्ण युके निवासी लोकतान्त्रिक नेपालीहरुले गहिरो अनुभव गरेका छौ । आगामी १७ सेक्टेम्वर २०१७ मा हुने अधिबेसनमा म नेपाली जनसम्पर्क समिति युकेको महामन्त्रीको पदमा उम्मेद्वारी घोषणा गर्दछु।

आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु,

म कुश बस्नेत नेपालमा घर गुल्मी, २०५६ साल देखि नेविसंघमा आबद्ध भई काम गरेको छु। २०६५ सालमा आरआर क्याम्पसमा नेबीसंघको तर्फबाट स्ववियु सदस्यको उम्मेद्वार भएको थिए।म आरआर क्याम्पसमा नेबीसंघको एकाई सचिब रहेर काम गरेको छु। गत २०१० साल देखि युकेमा नेविसंघ युकेको सचिवको रुपमा काम गरिरहेको थिए | म हाल नेबिसंघ युकेको कार्यवाहक अध्यक्ष भएर काम गरिरहेको छु। मेरो नेतृत्वमा नेपाल र युकेमा धेरै कामहरु भएको सबैलाई सर्वबिधितै थाहा छ। | मेरै पहमलामा नेबिसघ युकेले पार्टीका केन्द्रिय नेताहरुसित धेरै अन्तरकृया कार्यक्रम गरेको छ। नेपाली जनसम्पर्क समिति युकेमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएकोछु। लोकतन्त्र , समाजवाद, र राष्ट्रियताको साथै स्वतन्त्र विचारका आदर्शहरु नेपाली जनताका आधार भुत हक अधिकारहरूको लागी म मेरो बिधार्थी जीवन देखि नेपाली कांग्रेसको भातृसंगठन नेपाल बिधार्थी संघमा आबद्ध भई लोकतन्त्रको लागी दोस्रो जन आन्दोलन र ६२/६३को दोस्रो जनआन्दोलनको घाईते समेत म भएकोले मेरो निश्चित रुपमा मुल्याकंन हुने छ।

नेपालमा हुदा वा बेलायतमा आई सकेपछि पनि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहदै आएकोले पार्टीको केन्द्र र युके मेरा सम्पुर्ण ईस्टमित्र,
साथीभाई सबै कांग्रेसजनहरुले मलाई नेपाली जनसम्पर्क समिती युकेको महामन्त्रिको लागी ठुलो हौसला,उच्च मनोवल प्रदान गरी धेरै उत्साहित र उमंगित बनाउनु भएको छ। नेपाली जनसम्पर्क समीती युकेलाई मैले दिएको योगदानको मुल्याङ्कनको सम्मान सहित आगामी दिनहरुमा परिबर्तनकारी भुमिका र समिती तथा नेपाली समाजलाई एकताबद्ध बनाउने अभियानको लागी प्रतिबद्धता ब्याक्त गर्दछु। नेपाली जनसम्पर्क समिति युकेको एकताको लागी आगामी अधिबेसनमा अनेताकतामा एकताको प्रतिक नया योजना र कार्यक्रमहरुको साथमा नेपाली जनसम्पर्क समिति युकेको अधिबेसनमा मेरो उम्मेद्वारी हुने जानकारी गराउदछु। धन्यबाद!
कुश बस्नेत
महामन्त्री उम्मेद्वार, नेपाली जनसम्पर्क समिति,युके
मिति-: १७ अगष्ट २०१७

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला