बार्सिलोनामा नेपाली सबै सुरक्षित छन् – एन आर एन अध्यक्ष सापकोटा

स्वीटजरल्याण्ड  । स्पेनको रमणीय सहर बार्सिलोनामा ट्रक आक्रमणमा कुनै पनि नेपाली नपरेको गैर आवासीय नेपाली संघ स्पेनले जानकारी दिएको छ । ब्यस्त सडकको पेटीमा एक ट्रक चालकले ट्रक उकालेर हमला गर्दा अहिले सम्म कुनै नेपाली परेको सुन्न नआएको संघका अध्यक्ष चिन्तामणि सापकोटाले मेरोजिल्ला डट कम लाई बताए ।

स्पेनको सुन्दर शहर बार्सेलोना को राम्लामा एक ट्रक चालकले सडकको पेटीमाथि ट्रक उकालेर हमला गरेका छन् । स्पेनिश प्रशासनले यसलाई आतंककारी हमला हुन सक्ने भन्दै हमलाकारीको खोजि गरेको जनाएको छ । अहिले सम्म १३ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । हमला गर्नेमा कति छन् थाहा हुन नसकेको प्रहरीले जनाएको छ । तर एकको पहिचान भने प्रहरीले गरेको बताएको छ ।

पर्यटन दुत दिपक खरेलले अहिले सम्म कुनै पनि नेपाली आक्रमणमा परेको कुनै दुखद जानकारी नआएको भन्दै आफ़ो सामजिक संजाल मार्फत उक्त क्षेत्रमा रहेका नेपालीहरु तथा अन्य क्षेत्रमा बस्ने नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

 

यो हमला कसले गरेको हो भन्ने यकिन भैसकेको भने छैन । कसैलेपनि यसको जिम्मेवारी हालसम्म लिएका छैनन् । तर गत केहि समयदेखि युरोपमा इस्लामिक अतिबादीहरुले ट्रक प्रयोग गर्दै हमला गरिरहेकाले यो घटनापनि तिनैले गराएको हुनसक्ने आशंका गरिएको छ । एक जना आक्रमणकारीको मृत्यु भएको र दुइ जना पक्राउ परेको स्पेनिस मेडियाहरुले बताएका छन् ।

 

 

 

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला