पोखरामामात्रै ६० करोड बराबरको भेडा–च्याङ्ग्राको कारोबार हुने अनुमान

पोखरा,

 १२ असोज।

नेपालीहरुको महान् चाड बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा–च्याङ्ग्रा भित्र्याइएका छन् ।

विगत वर्षहरुमाझैं यसपटक पोखरामा पर्याप्त मात्रामा मुस्ताङ, डोल्पा, मुगु, चीनबाटसमेत भेडा–च्याङ्गा ल्याइएको छ ।

एउटा भेडा तथा च्याङ्ग्राको मूल्य औसत २२ हजारदेखि २९ हजार रुपैयाँसम्म रहेको व्यवसायी बताउँछन् ।

यस वर्ष पोखरामामात्रै ६० करोड रुपैयाँ बराबरको भेडा–च्याङ्ग्राको कारोबार हुने अनुमान गरिएको छ ।

भेडा–च्याङ्ग्रा ल्याउँदा लाग्ने कर तथा बाटोमा मर्ने र चोरीसमेत हुने भएकाले महँगो भएको व्यापारी बताउँछन् ।

४ हजार च्याङ्ग्रा पोखराबाट काठमाडौं लगिएको व्यापारी बताउँछन् ।

अघिल्लो दुई वर्षको तुलनामा यसपटक पोखरामा भेडा–च्याङ्गा बढी भित्रिएका छन् । व्यापारीकाअनुसार भेडा–च्याङ्ग्रा पोखरा ल्याउन करिब १८ दिन लाग्छ ।

पोखरा भित्रिएका च्याङ्ग्राहरु स्याङजा, तनहुँ, लमजुङ, पर्वत, गोरखामा बिक्री हुने गरेको जनाइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला