कमलो मन भएका सुजनले फेरी गरे अर्को समाजिक काम

पर्बत १३ असोज ।

मृगौला पिडित थमन विको उपचारमा थप ३० हजार रुपयाँ पर्बत चुवाका सुजन के.सीको सक्रियतामा संकल गरि आज हस्तानतरण भएको छ ।

उपचारमा थप आर्थीक सहयोग होस भन्ने उदेश्यले सहयोग रकम  आफु र साथीहरुवाट संकलन गरेर प्रदान गरेको सुजन के.सीले बताएका छन । थमन बिकका अङकललाई सुजन के.सीका बाबा मिन बहादरु के.सीले आज एक शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा हस्तान्तरण गरेका हुन । सुजन के.सीले एक वरिष्ठ संचारकर्मीको रुपमा पर्बतको रेडियो शालिग्राममा सह–स्टेशन म्यानेजरको रुपमा केही बर्ष पहिला काम गरेका थियो ।

सुजन के.सी हाल जापनमा अध्यानको शिलशिलामा जापनमा रहिरहेका छन । उनले पिडामा परेका थमनलाई उपचारमा केही मात्रै भए पनि सहयोगहोस भन्ने कामना गरेर नेपालमा पठाएको वताएका छन । समाजिक रुपमा उनले थुप्रै काम गर्दै आएका छन । सहयोग हस्तानतरण गर्दै के.सीका पिता मीन के.सीले छोराले गरेको सहयोगबाट आफु निकै खुशि भएको बताएका छन भने मृगौला पिडित थमनका अङकलले के.सी र के.सीका सहयोग साथीहरुलाई धन्यवाद समेत दिएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला