सकियो कुश्मा १२ को भलिवल प्रतियोगिता :समिद्ध ठुलिपोखरी युवा कलवलाई उपाधि

ZEN Travels

पर्वत,सविता शर्मा
१३ असोज ।

विजया दशमी तथा शुभदिपालीको अवसर पारेर कुश्मा नगरापालीका १२ ठुलिपोखरीमा आयोजित पुरुष भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ ।

समिद्ध ठुलिपोखरी युवा कलव तथा खेलकुद सांस्कृत मञ्चको आयोजनामा अष्टमीबाट सुरु भएको सो प्रतियोगिता नवमीमा सम्पन्न भएको हो । कुश्मा नगरपालीका १२ ठुलिपोखरीका समुहको विचमा आयोजना गरिएको प्रतियोगितामा आयोजक समिद्ध ठुलिपोखरी युवा कलव तथा खेलकुद सांस्कृत मञ्च प्रथम ,शंकर विकको समुह द्धितिय र प्रविण बि.कको समुह तृतीय भएका थिए । सो प्रतियोगितामा आर्थीक सहयोग भुपुःसैनिक सुनचाँदी पसल पोखरा र लोक कलाकार तुलसी लामिछानेले क्रम्स १० हजार र ३ हजार सहयोग गरेका थिए । सहयोगिहरुलाई सो अवसरमा आयोजकले सम्मान गरेको थियो । कलबका अध्यक्ष सन्तोष विक प्रकाशको अध्यक्षता, बढाध्यक्ष राजेन्द्र पौडेलको प्रमुख अतिथीया,कलवका कोषाध्यक्ष सविता शर्माको स्वागत मन्तव्य रहेको उत्त कार्यक्रमको संचालन कलवका उपाध्यक्ष चन्द्र प्रकाश पौडेलको संचालनमा सम्पन्न भएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला