पञ्चेवाजामा नयाँ पुस्ताको आकर्षण घट्दो, संरक्षणमा चासो कम

रामकृष्ण लामिछाने,पर्वत १७ असोज ।
पञ्चेबाजा भन्नाले दमाहा, ट्याम्की, सहनाई, छिल्लर र नरसिंहालाई बुझिन्छ । यी पाँच बाजाको मिश्रित संगीतले सुख, खुसी र उत्साहको जनाउ दिने भएकाले नेपाली मौलिक बाजाहरूको यो धुन नै शुभ–संगीत मानिन्छ । खासगरी दमाई जातिले यो बाजा बजाउने चलन छ । हजुरबुवा र बुवा पुस्ताले बाजा बजाएर मौलिक संस्कृति धानेको भए पनि छोरा पुस्ताले यो बाजा बजाउन छोडेपछि र अरू जातिले पनि बजाउँदा हुन्छ भन्ने भावनाको विकास नहुँदा पञ्चैबाजा संस्कृति हराउन थालेको छ ।

पर्वत सालिजका तिर्थ वहादुर परियार उमेरले ६० वर्ष पुगेका छन । उनले बाजा बजाउन लागेको ३० वर्ष जति भयो । उनी वाग्लुङ,पर्वत म्याग्दी लगाएतका क्षेत्रमा विवाह र अन्य समारोहको अवसरमा बाजा वजाउदै हिडेको छन । उनी ईच्छुक छोरा नातीलाई सिकाउदै र रमाईलो गर्दै हिडेको दिनचार्य समझिदै अहिले सम्म नछोडेको बताउछन ।

त्यस्तै सालिजकौ जम बहादुर परियार पनि एक वाजा वजाउदै हिडने व्यक्ति हुन । उनका अनुसार यस्ता बाजाले विवाह,मेला,कोटेमा पञ्चेवल लादा निकै रमाईलो हुने वताउछन तर अहिले प्राय पछिल्ला युवाहरु बाजा बजाउने काममा नलागेको अनुभव सुनाउछन । उनी भन्छन धेरै युवाहरु विदेश जान्छन,गाँउघरमा भएका केही साना वालबालीकाहरु स्कुल जाने काममा छन खासै बाजा बजाउने काममा ध्यान नदिने वताउछन ।

पछिल्लो समयमा केही मात्र युवाहरु पनि वल्ल वल्ल कर्रै लगाएर हिडनुपर्ने अवस्था आएको छ । विदेशको लहरले गर्दा अहिले जीवीको पार्जनका निम्ती युवाहरु विदेशिने परम्परा यो क्षेत्रमा बडेको पाईन्छ । बाजा वजाएर दिनको २ हजार मात्रै आम्दानी हुनाले,लाखै कमाउन युवाहरु विदेशिने गरेको वजा वजाउदै डिडेका बाग्लुङ तारा खोलाका यमनाथ गर्वुजा वताउछन ।

त्सोत संरक्षणमा राज्यले र समाजले त्यत्ति सारो ध्यान नदिनु बाजा लोप हुन लनगेको कारण पनि हो । धेरै थोरै मात्रमा सामाग्री जुटाउने र प्रचारप्रसारमा मिडियाले केही सहयोग गरे पनि केही मात्रमा बाज संरक्षण हुने बाग्लुङका सुरज पुईजा वताउछन ।

यसरी हाम्रा कला र संस्कृतिमा कुनै पनि निकायले ध्यान नदिने हो भने बाजा झन लोप नहोला भन्न सकिन्न । संरक्षणको जिम्मा पाएका निकायले कतै बाजा बजेको सुने नाच्न मन लागेर जाने तर संरक्षणमा ध्याननै नदिने हो भने पञ्चे वाजा हराई लोप नहोला भन्न सकिन्न ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला