दुबइ को डीआपी मा “दशैँ टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” सम्पन्न

ZEN Travels

 

 

सचिन्द्र श्रेष्ठ,दुबइ ।

दुबइ को डीआपी मा “दशैँ टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” सम्पन्न। वैदेशिक रोजगारीको सिलसिलामा युएई को दुबइ डीआपी मा रहेका नेपालीहरूले हर वर्ष झैँ यस वर्ष पनि नेपाली समूदाय युएईले सेप्टेम्बर २९ सुक्रबार र ३० तारिक शनिबारका दिन“दशैँ टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” सम्पन्न गरेको छ |आश्विन शुक्ल नबमीका दिनमा सनातान हिन्दुधर्मालम्बी नेपालीहरुको महान चाड बडा दसैं तथा विजया दशमी-२०७४ को पावन अवसरमा नेपाली समुदाय युएइ डीआपी इकाई समिति द्वरा आयोजित शुभकामना आदान प्रदान तथा सामुहिक सह भोज कार्यक्रम मा नेपाली समुदाय युएईका अध्यक्ष विदुर राउतले विजया दशमी-२०७४ को पावन अवसरमा समस्त प्रवाशी एवम स्वदेशी नेपाली दाजु भाई तथा दीदी बहिनीहरुमा आपसी सम्बृद्धी , सुख शान्ती दीर्घायु र उतर उतर प्रगतीको कामनाको साथ हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै सुरु गरियको कार्यक्रम मा १५० जना सहभागीता रहेको थियो सहभागी हरु बाटै आफनै हात बाट मिठा मिठा परिकार हरु बनाएर सामुहिक सह भोज गर्नु का साथै एक आपसमा सदभाव राख्दै विभिन्न दशैँ गीतको मेसो मिलाई माहोल लाइ संगीतमय बनाउदै मनोरञ्जन प्रदान गरियको थियो | साथै उक्त कार्यक्रम मा दसैँ बेला घरपरिवार र आफन्तजनको सम्झनामा मन नविरक्तियोस् भनेर सामूहिक दसैँ मनाइएको नेपाली नेपाली समुदाय युएइ डीआपी इकाई समितिका अध्यक्ष माधब अधिकारीले बताए।

आश्विन शुक्ल दशमीका दिनमा महान चाड दसैँको टीका नेपाली समुदाय का पण्डित आकाश पौडेल बाट आशिष मन्त्र पाठ गर्दै नेपालि समय ११ बजेर ५५ मिनेटको शुभसाइतमै पहिलो चरण को टिका तथा जमरा ग्रहण गराइएको थियो। तेसैगरि धेरै जसो को नियमित काम मा जानु परेको ले गर्दा काम बाट फर्किय पछि दोस्रो चरण मा साझा को ७:३० मा सामुहिक टीका ग्रहण कार्यक्रममा दुबई डिआपि मा रहेका नेपालीहरूले भाग लिएका थिए। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा दसैँमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ । आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

दशै चाड हामी संपूर्ण नेपाली को हो र हामी जहा भये पनी जून जातिको भये पनि हामी नेपाली हौ । र हाम्रै परंपरा लाइ हामीले जोगायर राख्नु पर्छ भन्दै भाबी दिन माँ पनि यस्ता कार्यक्रम निरंतर रहिरहने भन्दै कार्यक्रम सभ्य एबं भब्याता का साथ सम्पन्न भएको मा दशैँ कार्यक्रम सफल गर्नका लागि उल्लेख्य भूमिका खेल्नुहुने प्रभु बैक का बिश्व न्यौपाने , कृष्ण पारस दुलाल, राजन पोखरेल र अन्य अमीत सपकोटा ,गणेश अधिकारी ,धनराज गुरुङ्ग, धन बहादुर परियार, राजकुमार तिवारी , युबराज पुन,दुर्गा पुन ,गणेश तमांग, गणेश, बिकाश, सम्पूर्ण उपस्थितजन लाइ हिर्दय देखि धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन भएको नेपाली समुदाय युएइ डीआपी इकाई समितिका दशैँ टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४ का संयोजक राजन तिमल्सिना ले घोसणा गर्नुभएको थियो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला