भारतको बिहारमा श्रीमान्को हत्या गरेर बाथरुममा धोइन् चक्कु, पक्राउ परेपछि सुनाइन् यस्तो कहानी

भारत,२० असोज ।

दशैंमा माइती गएकी श्रीमतीलाई दशैं सकिएपछि घर जाउँ भन्दा रिसाएर आफ्नै श्रीमान्को हत्या गरिदिइन् । हत्या गरेपछि बाथरुममा आरामले चक्कु सफा गरेर चक्कुलाई यथास्थानमा राखेर फरार भइन् । तर, पक्राउ परेपछि जोगिनको लागि अर्कै कहानी सुनाउन थालिन् ।

प्रियंका पाण्डे नामकी ती महिलाले आफ्ना श्रीमान् सुजित कुमार पाण्डेको हत्या गरेकी हुन् । हत्या गरेर उनी चक्कु सफा गरेर किचनमा राखेर फरार भएकी थिइन् । उनी फरार हुँदासम्म उनका पनि जिवितै थिए । भारतको बिहार लखीसराय जिल्लाका सुजितलाई घाइते अवस्थामा परिवारले देखेपछि अस्पताल लिएर गएका थिए । तर, अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो ।

दुर्गा पुजा सकिएकोले माइतीबाट घर जाउँ भन्दा यी पतिपत्नीबीच झगडा भएको थियो । झगडामा रिस उठेपछि प्रियंकाले चक्कु प्रहार गरेकी थिइन् । पक्राउ परेपछि प्रियंकाले आफूले सुजितलाई जानेर नमारेको तर झगडा हुँदा सुजित आफैं चक्कुमाथि लडेर मरेको बताएकी थिइन् । तर प्रहरीले कडाइ गरेपछि उनले सबै सत्य बताएकी थिइन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला