इन्टरनेटमा भाइरल हुँदै यी युवती , सुन्दरता होइन अर्कै छ भाइरल हुने कारण

एजेन्सी २१असोज ।

क्यानडाकी क्लेरी नामकी युवतीको फोटो पछिल्लो समय इन्टरनेटमा निकै भाइरल भइरहेको छ । तर, फोटो भाइरल हुनुको कारण यी युवतीको सुन्दरता होइन कारण अर्कै छ । वास्तवमा यी युवतीको फोटो भाइरल हुनुको कारण यिनको उमेर हो ।
क्लेरीले जब फेसबुक पेजमा आफ्नो उमेर बताइन् यसले उनका फलोअरहरु निकै चकित परे । क्लेरीको जन्म २२ जनवरी १९९८ मा भएको थियो । उनको उमेर अहिले १९ वर्षको मात्र छ । तर उनको शरीरको फिटनेस हेर्दा उनको उमेरको अनुमान गर्न निकै कठिन छ । क्लेरी आफ्नो उमेरभन्दा कैयौं ठूली देखिन्छिन् ।
क्लेरी १५ वर्षको उमेरदेखि मोडलिङ र विज्ञापन सुटिङ गरिरहेकी छिन् । जब पहिलोपटक मानिसहरुले उनको उमेर थाहा पाए उनीहरुलाई यो कुरामा विश्वास लागेन । तर, पछि क्लेरीले नै सबैको सामु यो सत्य सार्वजनिक गरिन् । क्लेरीले आफ्नो इन्स्टाग्राम र युटुब च्यानलबाट फिटनेस टिप्स दिन्छिन् । सोसल मिडियामा उनका ३ लाखभन्दा बढी फलोअर छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला