एनआरएनए मध्यपूर्व संयोजकमा राजेन्द्रकुमार शर्माको उम्मेदवारी

ZEN Travels

काठमाडौं, २१ असाेज   ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय संयोजकमा राजेन्द्रकुमार शर्माले उम्मेदवारी दिएका छन् । लामो समयदेखि एनआरएनए अभियानमा संलग्न शर्मा मध्यपूर्वी क्षेत्रमा अभियान्ताका रूपमा परिचित छन् ।

‘लामो समय एनआरएनए अभियानमा सहयात्री बने अब आफैँ प्रत्यक्ष संलग्न भएर मध्यपूर्वका नेपालीका लागि केही गर्ने अठोटसहित मध्यपूर्वी संयोजक पदका लागि उम्मेदवारी दिएको हुँ,’ शर्माले भने । उनी कतारमा व्यवसायी तथा समाजसेवीका रूपमा परिचित छन् ।

अन्य क्षेत्रको तुलनामा एनआरएनए संस्थाको ध्यान अब मध्यपूर्वमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । ‘अब सिंगो एनआरएनएको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रित हुन जरुरी छ, यहाँका नेपालीका सम्पूर्ण समस्या र एजेन्डालाई संस्थागत रूपमै अगाडि बढाउन पनि मेरो उम्मेदवारी हो,’ शर्माले भने ।

एनआरएनएमा लागेर कहिल्यै पदको लालच नदेखाएको भन्दै उनले बरु अझ जिम्मेवार ढंगले लाग्न उम्मेदवारी दिएको बताए । ‘मध्यपूर्वका धेरै अभियान्ता र साथीभाइको सल्लाह र आग्रहले उम्मेदवारी दिएको छु, मलाई केही गरेर देखाउने जिम्मेवारी दिनुहुनेछ भन्ने आशा लिएको छु,’ उनले भने ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला