पर्वतमा २ दिने निशुल्क मुटु रोग परिक्षण शिविर सम्पन्न,वेल्जियम समाज पर्वतको आर्थीक सहयोग

ZEN Travels

पर्वत ,२३ असोज ।

पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा निशुल्क मुटु रोग परिक्षण शिविर सम्पन्न भएको छ । पर्वत समाज बेज्जियमको आर्थिक सहयोग, लायन्स क्लव अफ शिवालयको व्यवस्थापन र मुटु जोगाउँ काठमाण्डौको प्राविधिक सहयोगमा मुटु रोग परिक्षण शिविर सम्पन्न भएको हो । बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टारार्ईको नेतृत्वमा आएको टोलीले फलेवास नगरपालिका लगायत बागलुङ जिल्लाका २ सय ५० विरामीको निशुल्क मुटु रोग परिक्षण गरेको छ । शिविरमा ४२ जनामा मुट र उच्च रक्तचापको समस्या देखिएको पाईएको छ । ८ जनाको अप्रेशन गर्नुपर्ने समस्या देखिएको बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईल ेजानकारी दिनुभयो ।

सो अवसरमा उच्च रक्तचाप सँगै मधुमेह,दमका रोगी मुटुको भाल्भ रोग तथा मुटुको फेलर समस्या बढी मात्रामा पाईएको उहाँको भनाई छ ।शिविरमा निशुल्क औषधी वितरण समेत गरिएको थियो । शिविरको एक समारोहका विच फलेवास नगरपालिका मेयर पदमपाणी शर्माले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भटटराई, एनआरएनएका केन्द्रिय सचिव अर्जुनकुमार श्रेष्ठ,पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी, पर्वत बहुमुखि क्याम्पसका प्रमुख खिल प्रसाद शर्मा लगाएतले सुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

लायन्स क्लव अफ शिवालय कुस्मा पर्वतका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पर्वत समाज वेल्जियमका सल्लाहाकार सुवास जोसी र सञ्चालन लायन्स क्लव अफ शिवालय कुस्माका सचिव गणेश श्रेष्ठले गर्नु भएको थियो । उक्त शिविर भोली कुश्मा नगरपालिका स्थिती नेपाल टेलिकम गेट अगडी रहेको कुश्मा हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालन हुदै छ ।

यस्तै,जिल्लाको सदरमुकाम कुश्मामा आयोजना गरिएको निःशुल्क मुटु रोग शिविरमा करिव ४ सय ९० जनाको नि ःशुल्क मुटुरोग परिक्षण गरिएको छ ।

पर्वत समाज बेल्जियमको आर्थिक सहयोग,लायन्स क्लव अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउँ काठमाण्डौको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरवाट कुश्मा नगरपालिका लगायत बागलुङ जिल्लाका नागरिकहरुलाई प्रत्यक्ष फाईदा पुगेको कार्यक्रम संयोजक डिआर शर्माले जानकारी दिनुभयो ।

उक्त शिविरको नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापीका सँसद सदस्य अर्जुनप्रसाद जोशीले उद्घाटन गर्नुभएको थियो । उहाँले मुटु हाम्रो अभिन्न अंग भएकाले यसको संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले न्यून शुल्कमा गुणस्तरीय सेवा दिने अस्पतालको कमी रहेको अवस्थामा पर्वत समाज बेल्जियम र अन्य संस्थाहरुको सहयोगमा आयोजना गरिएको निःशुल्क मुटु रोग परिक्षण शिविरवाट बिरामीलाई प्रत्यक्ष फाइदा पुगेको बताउनु भयो ।

कार्यक्रममा कुश्मा नगरपालिका पर्वतका प्रमुख रामचन्द्र जोशी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र्र महत्तो, युरोप संयोजक कुल आचार्य, एनआरएनएका सचिव अर्जुनकुमार श्रेष्ठ, बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टाराई, वेल्जियम समाज पर्वतका अध्यक्ष झलक केसी लगायतले मन्तवय राख्नुभएको थियो । उक्त शिविरलाई सहयोग पु¥याउने उद्देश्यले एनआरएनएका युरोप संयोजक कुल आचार्यले १ लाख रुपैया सहयोग गर्नुभएको छ । लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य लायन्स सुवास जोशी र कार्यक्रमको सञ्चालन क्लवका सचिव गणेश श्रेष्ठले गर्नुभएको थियो । त्यस्तै हिजो फलेवास नगरपालिका देविस्थानमा भएको शिविरमा २ सय ५० जनाको निःशुल्क मुटुरोग परिक्षण गरिएको थियो

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला