‘गैरआवासीय नेपाली संघ दिवस मनाईदै’

ZEN Travels

काठमाडौं,२५ असोज  ।

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आज आफ्नो स्थापना दिवस मनाउदै छ ।
सन् २००३ अक्टोबर ११ मा स्थापना भएको गैरआवासीय नेपाली संघले आज संसारभरी आफ्नो स्थापना दिवस मनाउन लागेको हो ।
संघको आठौ विश्व सम्मेलनका लागि राजधानीमा जम्मा भएका विश्वभरका गैरआवासीय नेपालीहरुले आज स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् ।
सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ अहिले विश्वका विभिन्न ७५ भन्दा बढी मुलुकमा फैलिएको छ ।
संघको आठौ महाधिवेशन तथा विश्व सम्मेलन समेत यही असोज २८ गते देखि ३१ गते सम्म राजधानीमा हुने तय भएको छ ।
आठौै विश्व सम्मेलनले संघको नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि एनआरएन समुदायमा चुनावी सरगर्मीसमेत बढेको छ । भवन भट्ट, टीबी कार्की लगायतले अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका छंन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला