नाइजेरियाको उत्तरी राज्य कडुनामा ६ वर्षका विद्यार्थीको जाँचमा २१ हजार शिक्षक फेल

ZEN Travels

२५  असोज  ।

६ वर्षका विद्यार्थीका लागि तयार पारिएको प्रश्नपत्रमा शिक्षकहरु नै फेल भएपछि नाइजेरियामा २१ हजार ७ सय ८० जना शिक्षकलाई बर्खास्त गरिने भएको छ ।

नाइजेरियाको उत्तरी राज्य कडुनामा प्राथमिक विद्यालयका ६ वर्षका विद्यार्थीलाई तयार पारिएको प्रश्नपत्रमा परीक्षा दिएकामध्ये एक तिहाई शिक्षक अनुतिर्ण भएको उक्त राज्यका गभर्नर नासिर एल– रुफाइले जानकारी दिनुभयो ।

बर्खास्त गरिने शिक्षकको ठाउँमा नयाँ २५ हजार योग्य शिक्षक नियुक्त गरिने पनि उहाँले बताउनुभयो । एल–रुफाईले विश्व बैंकका प्रतिनिधिहरुको भेटमा उक्त कुरा बताउनुभएको हो ।

एल–रुफाईको भनाइलाई उदृत गर्दै नाइजेरियाली अखबार ‘डेली ट्रष्ट’ ले लेखेको छ, ‘शिक्षक नियुक्तिमा विगतमा राजनीतिकरण गरियो । हामी राज्यको शैक्षिक प्रतिष्ठालाई उठाउन योग्य र युवा शिक्षकहरुलाई नियुक्त गरियोस् भन्ने चाहन्छौँ ।’

गभर्नर एल–रुफाईले राज्यमा रहेको शिक्षक विद्यार्थीको अनुपातको समस्यालाई पनि सम्बोधन गरिने बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला