पर्वतमा अवैध रुपमा उत्पादित पाँच हजार मदिरा नष्ट

 

रोशन तिवारी
असोज २६ पर्वत
अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान चलाएको पर्वत प्रहरीले पाँच हजार लिटर मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले जिल्लाको मोदीगाउँपालिकाको पातीचौरवजार, डिमुवा, अम्वोट र जलजला गाउँपालिकाको मिलनचौक, वारीवेनी र लस्तीवाट वरामद भएको मदिरा विहिवार नष्ट गरेको हो । जिल्लाका विभिन्न ठाउँमा अवैध रुपमा मदिरा उत्पादन र विक्री हुने गरेको गुनासो आएपछि प्रहरीले मदिरा नष्ट गर्न प्रहरी परिचालन गरिरहेको छ ।

स्थानीय स्तरमा उत्पादित मदिरामा मानव स्वास्थ्यमा असर गर्ने विभिन्न खालका रासायनिक पदार्थ मिसावट गर्ने गरिएको, उत्पादन गर्ने ठाउँ, प्रयोग हुने भाँडाकुँडा फोहोर हुने गरेको, अखाध्य वस्तुहरुको प्रयोग गरिएको जस्ता कैफियत पनि भेटिएको प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो ।
मदिराका कारण समाजमा नकारात्मक असर पार्ने र गुणस्तरहिन मदिराको सेवनबाट जनस्वास्थ्यमा पनि प्रतिकुल असर पार्ने भएकाले मदिरा उत्पादन र विक्रि वितरण गर्ने स्थानमा प्रहरीले कडाई गरेको घिमिरेले वताए । जिल्लाका मातहत प्रहरी चौकीलाई पनि गाउँ गाउँमा अवैध मदिराको निगरानी गर्न निर्देशन दिइएको उनले जानकारी दिनुभयो ।

प्रहरीले दशैँको शुरुवात संगै मदिरा नष्ट गर्ने अभियान चलाएको हो । यसअघि पनि डिमुवा र पातिचौरमा मदिरा नष्ट गरिएको थियो । यस्तै गाँजा फडानी अभियान पनि चलिरहेको प्रहरीले जानकारी दिएको छ । गाँजा फडानी अन्तर्गत जिल्लाभरीबाट पाँच हजार भन्दा बढि गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला