जमुना गुरुङले बहुमतले बाजी मार्ने संकेत

कृष्ण के सी

काठ्माण्डौ । गैरआवासीय नेपाली संघको ८ औं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय अधिवेशन काठमाण्डौमा अक्टोवर १४-१७, २०१७ मा हुँदैछ। सो अधिवेशनमा अध्यक्षका तीन प्रतिस्पर्धी देखिएका छन्। उपाध्यक्ष भवन भट्ट, आइसीसी सदस्य जमुना गुरुङ र पूर्वउपाध्यक्ष तथा सल्लाहकार टि बी कार्की ।

काठमाण्डौको हायात होटलमा भएको बाहिर संघको सम्मेलनमा होटलका रूम, लवीका टेवल र होटल परिसर सबैतिर नेपालीहरुको जमघट देखिन्छ । उम्मेदवारहरु आफ्नो प्रभावका लागि मत माग्न ब्यस्त छन्। खासगरी अध्यक्षका प्रत्यासीहरुको प्रचार अभियानले त्रिबत्रा लिएको छ।

हाल सम्मको डेलिगेट्सको चासो, एनसीसीहरुको समर्थन, संचारका क्षेत्रको विश्लेषण र घोषणा सभामा आएका प्रतिनिधिहरुको उपस्थितिले पनि जमुना गुरुङको अग्रता देखिएको छ ।

डेलिगेट्सको रातभरीको आइटिका कर्मचारी हर्शिथ श्रेष्ठसंग गरिएको सेटिङ्गले भबन भट्टको बजार हङ्गामा परिणत भएको छ । त्यसै गरी हिजो मात्र गिरफता भएका भट्ट निकट जापानका पुर्व महासचिव तथा आइसिस सदस्य अनुज थापाको ठगिमा गिरफ्तारीले पनि बजार तातेको छ ।
उता टीबी कार्कीले युरोप , अष्ट्रेलिया, यूके   र अमेरिका क्षेत्रको समर्थन लिन सकेको अवस्था छैन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला