एनआरएनएको नेतृत्वका लागि आज मतदान हुदै, भट्ट, घले, र कार्की चुनावी मैदानमा

काठमाडौं, ३० असोज ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदैछ । बिहान ९ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको र दिउँसो १ बजेदेखि ६ बजेसम्म मदतान हुनेछ ।

मतदान सम्पन्न भएको १ घण्टापछि मतगणना गरिनेछ र आजै बेलुकासम्म मतपरिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ । एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ ।

यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका १–१ जना गरी ६ क्षेत्रीय संयोजक र ६ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक १–१ जना तथा युवा संयोजक र उपसंयोजक १–१ जना रहने व्यवस्था गरिएको छ ।

संघको अध्यक्ष पदका लागि भवन भट्ट, जमुना घले, र टिबी कार्की चुनावी मैदानमा रहनु भएको छ । यसअघि दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेले प्रस्तुत गर्नुभएको एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन २०२० एण्ड वियोण्ड’ पारित थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला