नेपाल वायुसेवा निगमले ल्याउन बाँकी दुई थान चिनियाँ जहाज ल्याउने

काठमाडौं , ०९ कार्तिक ।

नेपाल वायुसेवा निगमले ल्याउन बाँकी दुई थान चिनियाँ जहाज ंल्याउने प्रक्रिया सुरु गरेको छ । कारोबारमा समाचार छ । विगत चार वर्षदेखि खरिद प्रक्रियामा रहेको छ थान चिनियाँ जहाजमध्ये चार थान भने हाल सञ्चालनमा छन् ।

१७ सिट क्षमताका वाई –१२ ई जहाज केही महिनाभित्रै नेपाल ल्याउने गरी निगम व्यवस्थापनले प्रक्रिया सुरु गरेको छ । नेपालमा हाल ५६ सिट क्षेमताका एमए–६० दुई थान र वाई १२ ई दुई थान जहाजले उडान भरिरहेका छन् । नेपालमा दुर्गम क्षेत्रमा उडान भर्न भन्दै ल्याइएको वाई १२ ई जहाजले पनि सुगम क्षेत्रमा नै उडान भरिरहेको छ ।

पाइलट र स्पेयर्स पाटर््स सँधै अभाव खेपिरहेको चिनियाँ जहाज व्यवस्थापनमा निगमलाई विगत पाँच वर्षदेखि हम्मे पर्दै आएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला