लोकतन्त्रको रक्षा र पर्वतका जनतालाई सुख शान्तिको अनुभुती गर्न काँगेसलाई जिताउँ :पार्टी सचिव युक्त प्रसाद श्रेष्ठ

१२ कात्तिक,पर्वत ।

लोकतन्त्रको बचाउने जिम्मा नेपाली काँगेसको कोल्टामा आएको छ । नेपाली काँग्रेस पर्वतका पार्टी सचिव एवम नेपाली काँग्रेस पर्वत काठमाडौ सम्पर्क समितीका उपाध्यक्ष युक्त प्रसाद श्रेष्ठले रेडियो शालिग्राको समय र परिवेशको संवादमा वोल्दै सो कुरा बताउनुभएको हो । उहाँले पर्वतका गाँउ गाँउमा विकास गर्न काममा नेपाली काँगेस पुग्को तर प्रचारप्रसार सहि तवरले नहुनाले अन्य पार्टीले फाईदा उठाएको समेत वताउनुभयो । उहाँले हरेक पर्वतवासीलाई आसन्न संघ र प्रदेशको चुनावमा स्पस्ट बहुमतका साथ विजयी गराउन समेत आवाहन गर्नुभयो ।


फरक प्रसंगमा वोल्दै उहाँले पर्वतका लोकप्रिय नेता तिन तिन पटक सम्म पर्वतको प्रतिनिधितव गर्नुभएका नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुन प्रसाद जोशिलाई आसन्न संघको चुनावमा विजय गराउन समेत आग्रह गर्नुभएको छ । यदि अर्जुन प्रसाद जोशिले आसन्न संघ र प्रदेशको चुवावमा जिते नेपाली काँग्रस पर्वतको मात्र नभई समग्र देशको वलियो पार्टी वन्ने बताउनुभयो । लोकतन्त्रको रक्षार्थ ,शान्ति सुसाशन र समिद्धिको मार्ग कोर्नको लागी पनि उहाँलाई जिताउनुपर्ने बताउनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला