पर्वतमा राजनितीक दलहरुको प्रतिशप्रर्धा ,उमेदवारी दर्तामा शक्ति प्रर्दशनीको संज्ञा

पर्वत,१६ कात्तिक ।

आसन्न संघ र प्रदेशको निवार्चन कार्यतालीका अनुसार पर्वतका राजनितीक दलहरुले जिल्ला निवार्चन कार्यलय पर्वतमा उद्धवार दर्ता गर्दै छन ।

नेपाली काँग्रेस पर्वतवाट पुर्व सांसद एवम नेपाली काँग्रेस केन्द्रीय सदस्य अजुर्न प्रसाद जोशीको संघमा प्रतिनिधिसभा सदस्य,प्रदेश क मा नेपाली काँगे्रसका पुर्व पार्टी सभापती नवराज गुरुङ र प्रदेश ख मा नेपाली काँग्रेसका युवा नेता राजेन्द्र प्रसाद तिवारीले आज उमेद्धवार दर्ता गर्दै छन ।

यस्तै बामण्डबन्धनबाट नेकपा एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरी,प्रदेश क मा माओवादीका नेता नेत्र अधिकारी र प्रदेश ख मा पुर्व सांसद बिकास लम्सालले उमेद्धवारी दर्ता गदैृ छन ।

नेपाली काँग्रेसका युवा नेता एवम काँग्रेस माहधिवेशन प्रतिनिधीले सवै राजनितीक आमावुवा दाजुभाईलाई पनि सदरमुकाममा झर्न आग्रह गर्नुभएको छ । नेकपा एमाले र माओवादी केन्द्र पर्वले पनि सवैलाई उमेद्धवारी दर्तामा आउन आग्रह गरेको छ ।

जिल्ला निवार्चन कार्यलय पर्वतले आजको उमेद्धवारी दर्ता कार्यक्रममा सुरक्षा व्यवस्थालाई तैनाथ हुन आग्रह गरेको छ । यो सगै आजबाट पर्वतमा पनि चुनावी महोलले वढिसकेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला