पर्वत काँग्रेसका नेता तथा उम्मदेवारले एउटै स्वरमा भने “बामगठबन्धनका उम्मेदवार पनि सहयात्री हुन,सवैले सालीन रुपमा चुनावी प्रचारप्रसार गरौं ”

पर्वत १८,कात्तिक  ।

पर्वत काँग्रेसका नेता तथा आसन्न निवार्चनका उम्मेदवारहरु अकंमाल गर्दै भने हामी जनताको सच्चा सिपाही हुन चाहाँन्छौ । नेपाली काँग्रेसको पार्टी कार्यलयमा आयोजित चुनावी कार्यक्रमको छलफल गर्दै उनीहरुले सो कुरा बताएका हुन । प्रेस युनियन पर्वतका अध्यक्ष,संरक्षक तथा पत्रकार ओम प्रसाद घायल सहितका प्रेस युनियनका सदस्यहरु माँझ उत्त कुरा बताएका हुन ।


ंसो छलफल कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य,पुर्व सांसद अर्जुन प्रसाद जोशीले हामी सालीन र सहि तरिकाले चुनावी प्रचारप्रसारमा जानुपर्ने कुरा बताउनुभयो । उहाँ पर्वतमा लगातार तीन,तीन पटक प्रतिनिधी गरेका ब्यत्ति हुनुहुन्छ । उहाँले सवैको सपाना पुरा गर्न आफुले पनि फरक फरक किसीमका योजनाहरु निमार्ण गरेको बताउनुभयो ।उहाँलाई समर्ग पर्वतवाट संघको उम्मेदवार हुनु नेपाली काँग्रेसले जिम्मा लगाई सकेको थियो ।


यस्तै उम्मेदवार पर्वत क प्रदेशका एवम नेपाली काँग्रेसका पुर्वपार्टी सभापती नवराज गुरुङले हामी सवै एक हुनाले काँग्रेस कार्यकर्तामा उर्जा मिलेको बताउनुभयो । उहाँले विगतमा काँग्रेसलाई अमर राख्न जेल जानु परेको अनुभव समेत सुनाउनुभयो । आम पर्वतवासी जनताको सुख शान्ति समिद्धि त्यो दिनमा आउँछ,जुन दिन हाम्रो विजयी हन्छ । उहाँले स्थानीय चुनावमा हामीमा यस्तै एकता भएको भए हाम्रो लोकतन्त्रमा कसैले हस्तक्षप गर्नु सक्दैन्थयो समेत भन्नुभयो ।


अर्का उम्मेदवार पर्वत ख प्रदेशका राजेन्द्र तिवारीले मैले लामो समय सम्म पर्वतका जनता सम्क्ष भिजन चाहेको समेत बताउनुभयो । उहाँले सानै उमेर देखि काँग्रेसका नेताहरुसंग सगै बिकासको मेरुदण्डको रुपमा काम गरेको अनसभव सुनाउनुभयो । भुक्मपको वेला पनि पर्बतका हरेक बिद्यालयका कम्पीयुटर,राहात दिने काममा लागेको बताउनुभयो । सो छलफलमा समानुपाती तर्फका पुर्वपार्टी सभापती लालकाजी गुरुङ,महिला नेत्री ललीतकला गुरुङ र पार्टी सभापपती खिम प्रसाद भुषालले पनि बोल्नुभएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला