बामगठबन्धनले पर्वतका कुनैपनि दलितलाई झुक्काउने कोसिस नगरेहुन्छ,मर्का बुझने काँग्रेस हो : अध्यक्ष परियार

पर्वत १७ कात्तिक ।
आसन्न निवार्चनमा दलितहरुको उपस्थीती बिषयमा आज कुश्ममा छलफल तथा अन्तक्रिया कार्यक्रम्मा समपन्न भएको छ । सो अवसरमा वोल्दै दलितकाहरुका हक अधिकार विगतमा समावेश गरेको काँग्रेस सधै दलितको साथमा रहेको पर्वतका संघ र प्रदेशका उम्मेदवारहरुले स्पष्ट पारेका छन । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यलयमा आज आयोजीत छलफल तथा अन्तक्रिया कार्यक्रम्मा उनीहरुले सो बताएका हुन । नेपाली काँग्रेस पर्वत संघका उम्मेदवार अर्जुन प्रसाद जोशीले दतिलका नेताहरुले काँगे्रसको शिर्ष स्थानमा जिम्मा पाएको बताउनुभयो । अव यो समाज परिवर्तनको समवाहक काँग्रेस रहेको उहाँले बताउनुभयो ।


यसैबिच नेपाली काँग्रेस पर्वतका पुर्वपार्टी सभापती एवम पर्वतक क प्रदेशका नेता नवराज गुरुङले जिल्ला मा बामपंथी ले भोट माग्ने अधिकार नरहेको बताएका छ्न । नेपाल दलित संघ पर्वतको छलफललाई सम्बोधन गर्दै उहाँले सो बताउनुभएको हो ।

त्यस्तै पर्वत ख का उम्मेवार राजेन्द्र तिवारीले पर्वतमा दलित निम्नवर्ग पछाडी परेकाले अव त्यस्को अन्तय हुने बताउनुभयो ।कार्यक्रमका अध्यक्ष याम परियार“शिव”ले पर्वतका सवै दलितका भोटे काँग्रेसल पाउनेमा सवै विस्वसत हुनुहोस भन्नुभयो । उहाँले लोभलासमा अव दलितलाई पार्न नस्कने बताउनुभयो ।

कार्यक्रम्मा दलित संघ पर्वतका कोषाध्यक्ष ठाकुर रसाईलीले हामी जस्ता सवै युवाहरु काँग्रेसमा आएकाले सवै दलितहरुको काग्रेसले रक्षा गर्ने बताउनुभयो ।नेपाल सुनचाँदी ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष निर्मल बिश्वकर्माको पनि उपस्थीती रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला