महिलाहरुले टिकट नपाउनुको कारण के ? – वृन्दा पाण्डेको जवाफ

स्वीटजरल्याण्ड  । आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ अत्यन्त कम संख्यामा महिलाले टिकट पाएपछि महिला नेत्री तथा नेकपा एमालेकी पोलिटब्युरो सदस्य वृन्दा पाण्डे असन्तुस्ट भएकी छन् ।

प्रबाशी नेपालि मंच स्वीटजरल्याण्डले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महिलाहरुलाई अगाडी बढ्न नदिनु राज्यको कमजोरी रहेको बताएकी छन् । महिला अधिकारको वकालत गर्ने प्रमुख दलबाटै प्रत्यक्षमा महिलालाई टिकट नदिइनु पराम्परागत पितृसत्तात्मक सोचको परिणाम भएकाले अब कानूनीरूपमै प्रत्यक्षमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारीको व्यवस्था हुनुपर्नेमा जोड दिएकी छन् ।

आमरूपमा राजनीतिमा महिलाको सहभागिता क्रमशः बढ्दो भए पनि प्रत्यक्ष निर्वाचन वा नेतृत्व तहमा महिलाको सहभागिता उत्साजनक हुन सकेको छैन । राज्यका हरेक तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्नेसम्बन्धी संबैधानिक व्यवस्थाका कारण प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षबाट महिला सहभागिता अपुग भएमा समानुपातिक प्रणालीबाट न्यूनतम प्रतिशत पूर्ति गरिने व्यवस्थारहेको पाण्डे ले खुलस्त गरिन ।

उनले हरेक जिल्लाबाट उम्मेदवार चयनकै क्रममा महिलाले जित्न सक्दैनन भनेर पन्छाउने गरिने तथा केही महिला आफैँ समानुपातिकमा बसेर सरक्षित हुन चाहने प्रवृत्ति देखिएकोले पनि प्रत्यक्षमा त्यति महिला नदेखिएको बताईन । प्रतिनिधिसिभाको प्रत्यक्षमा लोकतान्त्रिक गठबन्धनबाट बागलुङ १ मा चम्पादेवी खड्का र खोटाङमा सरस्वती बजिमय उम्मेदवार बनेका छन् । उनीहरु दुवैजना नेपाली काँग्रेसका हुन् ।

बाम गठबन्धनबाट रुकुममा नेकपा (माओवादी केन्द्र)बाट नेत्री कमला रोका प्रतिनिधिसभाको मैदानमा उत्रिएकी छिन् तर नेकपा (एमाले) बाट प्रतिनिधिसभाको प्रत्यक्षमा महिला उम्मेदवार देखिएको छैन ।

प्रदेशसभाको प्रत्यक्षमा काँग्रेसबाट ताप्लेजुङ (क) मा लिलादेवी बोखिम र बझाङ (क) मा चन्द्रादेवी जोशीले उम्मेदवारी दिएका छन् भने बाम गठबन्धनमा माओवादी केन्द्रबाट गोरखा (क) मा कमला नहर्की, बझाङ (ख) बाट देवकी मल्ल, नुवाकोट (क) बाट राधिका तामाङ, एमालेबाट म्याग्दी (ख) मा नरदेवी पुन र मनाङ (ख) मा खण्डा लामा गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला