“आहा” कस्तो मिठो मिलन,काँग्रेसको एकता पछि बामगठबन्धन आतीयो,संघ र प्रदेशमा पर्वत काँग्रेसको जित निश्चित

पर्वत,२२ कात्तिक ।
निकै राम्रो राजनितीक अभिभार समालेका यी नेताहरुको मिलनले पर्वतमा नेपाली काँग्रेस एक भएको छ ।

विगतमा अर्जुनप्रसाद जोशी र नवराज गुरुङमा देखिएको दुरीले काँग्रेस कायकर्तामा निराशा छाएको थियो । आसन्न मंसिर २१ गते पर्वतमा हुने संघ र प्रदेशको निवार्चनमा यो मिलनले राम्रो उर्जा र सन्देश दिएको छ ।

यस्तै पर्वतको अर्को लोक प्रिय क्षेत्र प्रदेश २ मा नेपाली काँग्रेसले एक जागरुक र क्षमतावान उम्मेदवार राजेन्द्रप्रसाद तिवारीलाई पाएको छ । उहाँ पनि बिकास प्रेमी छवि भएको नेता हुनुहुन्छ । हिजो आज काँग्रेसका यी तीन उम्मेदवार चुनावी सभामा सहभागी छन ।

स्रोतका अनुसार काँग्रेसले प्राप्त गरेका यी उम्मेदवारहरुले पर्वतको संघ र प्रदेशका दुवै क्षेत्र जित्ने आपेक्षामा कार्यकर्ता रहेका छन ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला