केपी ओलीको भन्दा एक भोट बढि मेरो – डां खगेन्द्र पाण्डव अधिकारी

भूमिराज पराजुली
दमक २४   कार्तिक  । आसन्न प्रदेश र प्रतिनिधी सभाको चुनावमा नेपाली कांग्रेसका तर्फवाट झापा क्षेत्र नं ५ वाट प्रतिनिधी सभाको उम्मेद्वारी दिनु भएका पूर्व प्रध्यापाक समेत रहनु भएका डां खगेन्द्र पाण्डव अधिकारीले प्रतिस्पध्री केपी शर्मा ओलीको भन्दा आफ्नो मत बढि भएको दावि गर्नु भएको छ ।
यस क्षेत्रको स्थानिय नागरिक र अहिले पनि आफ्नो घर तथा बसोवास यहि रहेकोेले केपी ओलीको भन्दा बढि मत आफुले ल्याउने दावी अधिकारीले गर्नु भयो । ‘ उहाँले आफैलाई यहाँवाट भोट होल्न पाउनु हुन्न तर म त पाउँछु त्यसैले मेरो केपी जिको भन्दा एक भोट बढि आउँछ । ’ अधिकारीले भन्नु भयो ।   प्रेस यूनियन माई पश्चिमले गरेको क्षेत्रीय पत्रकार सम्मेलनमा अधिकारी सहित अन्य उम्मेद्वारले पनि ५ नंम्वर क्षेत्रमा नेपाली कंग्रेसले बिजयी गर्ने दावी प्रस्तुत गरेका हुन ।
 
 
क्षेत्र नं पाँच क मा नेपाली कांग्रेसका उम्मेद्वार अलिन कृष्ण प्रसाईले गौरिगञ्जका आम नागरिक सँग मेरो वालापन र यूवापन समेत बितेकोले त्यहाँको हरेक समस्याहरु आफुले झेल्दै आएको र अव त्यहि समाधानका लागि आफुले प्रयास गर्ने बताउनु भयो ।
यस क्षेत्रमा कृषिको सम्भावना प्रचुर भएको तर अहिले सम्म त्यसको प्रयोग गर्न नसकिएकोमा प्रसाईले दुःख व्यक्त गर्नु भयो । ‘ म कृषी बिज्ञ पनि भएकोले यस क्षेत्रमा म कृषिकै माद्यमवाट परिवर्तन गराउने योजना छ ।’ प्रसाईले पत्रकार सम्मेलनमा भन्नु भयो ।
धानको अत्यन्तै सम्भावना भएको यो क्षेत्रलाई धान उत्पादनमा बैज्ञानीक प्रयोग गरि नमुना धान उत्पादन गराउन यहाँका नागरिकलाइए प्रेरित गरिने पनि उहाँले बताउनु भयो ।
 
 
त्यसै गरि ५ नं क्षेत्रकै क का उम्मेद्वार राजन ढुङ्गानाले प्रतिपक्ष पार्टिले बिभिन्न महत्वकाक्षी योजना ल्याएर र दिवा सपना बाढेर जनता भुलाएको आरोप लगाउनु भयो । पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले एमालेका नेतालाई प्रश्न गर्नु भयो ‘ यहाँ बनाउने भनेको बौद्ध स्तुप खै कहाँ बन्यो ? औधोगिक पार्क खै कहाँ बन्यो ? दमक भ्यू टावर खै कहाँ बन्यो ?
 
 
आफुले यसप्रकारका महत्वकाक्षी योजना भन्दा पनि तत्कालीन आवश्यकताका कुरालाई महत्व राखेर योजना ल्याउने बताउनु भयो । अहिलै दमकमा आकासे पुलको आवश्कता नभएको र आकासे पुल बनानने पैसाले रतुवाको तटबन्धन बढाएको भए रतुवा नदिका पीडित नागरिके राहत पाउने पनि उहाँले बताउनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला