चुनावी गतिविधि को कारण आर्थिक कारोबारमा वृद्धि

काठमाडौँ, २५ कात्तिक।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा देशभर चुनावी छलफल, बहस र चर्चा ह्वात्तै बढेको छ । गाउँ–गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल जारी छ ।

उम्मेदवारहरु प्रचारप्रसारका लागि गाउँ पसेका छन् । उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउँदै लगेका छन् । चुनावी गतिविधिका कारण स्थानीय बजारमा व्यापारिक चहलपहलसमेत वृद्धि भएको छ ।

मानिसहरुको आवतजावत बढेपछि दैनिक कारोबारमासमेत वृद्धि भएको व्यापारीले वताएका छन् ।दशैँ तिहारपछि प्रायः सुनसान बनेका बजारमा अहिले नेता कार्यकर्ताको उपस्थितिले चहलपहल बढेको हो ।

बजारका स–साना चिया पसलदेखि ठूला होटलसम्ममा नेता कार्यकर्ताको जमघट हुने गरेकोे छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला