पर्वतमा आचारसंहिता बिपरित गतिबिधी ,एमाले माओवादी कार्यकर्ता ओसार्दै समन्वय समितीका प्रमुख

पर्वत,२७ कात्तिक ।
आसन्न चुनावमा पर्वतमा एमाले र माओवादीले मनपरि तन्त्र गरेको खुल्न आएको छ । आचारसंहिताबिपरित जिल्ला समन्वय समितिको स्करपियो गाडी चुनावी प्रचारप्रसारमा प्रयोग भएको छ ।

यही कार्तिक १६ गते मनोनयन दर्ताका क्रममा ¥यालीमा समानुपातिक उम्मेदवार भोलानाथ शर्मासहितका नेताहरु चढेको ग१झ २८९ नम्बरको उक्त गाडी निरन्तर चुनावी प्रचारमा छ । जिल्ला समन्वय समितिका संयोजक मनोहर बिश्वकर्मा पौडेलले बामगठबन्धनको चुनावी प्रचार र सभामा नेताहरु बोकेर लैजाने गरेका हुन ।
सोमबार कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङमा रहेको चुनावीसभामा पनि एमालेका नेता कार्यकर्ता बोकेर गाडी लगिएको भन्दै स्थानीयले बिरोध गरेका छन् । दुर्लुङका स्थानीय एवम् नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य लेखनाथ पौडेलले एमालेको चुनावीसभामा सोमबार जिल्ला समन्वय समितिको ग१झ २८९ नम्बरको गाडी प्रयोग भएको बताए ।
‘समन्वय समितिका प्रमुख मनोहर बि पौडेलले गाडीमा एमालेका नेता कार्यकर्ता बोकेर चुनावीसभामा आएका छन’ उनले भने । स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले समन्वय समितिको गाडी चुनावीसभामा गएको विषयमा कुनै जानकारी नभएको बताए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चुनावीप्रचारमा सरकारी गाडी प्रयोग गर्नु आचारसंहिता बिपरित भएको बताए ।
जिल्ला निर्वाचन आचारसंहिता विपरित गतिविधि भएनभएको हेर्ने संयोजक तोकिएका सहायक सरकारी वकिल केदार उपाध्यायले चुनावी प्रयोजनका लागि दलले सरकारी गाडी प्रयोग गर्न नपाउने बताए । सरकारीस्रोतसाधनको निर्वाचनमा दलले प्रयोग गरेको बिषयमा सरकारी निकायबाट फितलोपन आएको काँग्रेसले निष्कर्ष निकालेको छ ।
यता सवारी साधनमा माइकिङ गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडीको छतमा माइक बाँधेर माइकिङ गर्नेमाथि सोमबारदेखि कडाई सुरु गरेको बतयो । प्रहरीले सवारी साधनमा माइकिङ गर्नेको माइक निकाल्न सुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले दलका उम्मेदवारले आचारसंहिता बिपरित माइकिङ गरेको पाएपछि माइक निकाल्न थालिएको बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला