अनलाईनमा अफवाह फैलाउनेहरु पराजित भैसके : काँग्रेस नेता

पर्वत,कात्तिक २८ ।
नेपाली काँग्रेसका नेताहरुले काँग्रेसभित्र कुनै वैमन्यस्यता नरहेको स्पष्ट पारेका छन् । विभिन्न सञ्चारमाध्यममा काँग्रेसमा भाँडभैलो शिर्षक दिएर आएको समाचार प्रति नेताहरुले चुनावी सभा मार्फत नै खण्डन गरेका छन् ।

क्षेत्र नम्बर २ को चुनावी सभा नै वहिस्कार गरेर खगेन्द्रप्रसाद तिवारी एकनारायण न्यौपाने, ऋषीकेश तिवारी, गंगाराज शर्मा लगायतका नेताहरु असन्तुष्ट भएर सहभागी नभएको भनेर आएको समाचारमा कुनै सत्यता नभएको उनीहरुले वताएका छन् ।

सोमवार मुडिकुवामा भएको चुनावी कोणसभामा वोल्दै पैयुँ गाउँपालिकाका अध्यक्ष समेत रहेका काँग्रेस नेता खगेन्द्रप्रसाद तिवारीले आफ्नो कुनै विमती नरहिकनै निर्वाचनको प्रचारमा लागेको वताउनुभएको छ । ‘म हुवासदेखि निरन्तर पार्टिको कार्यक्रममा सहभागी हुने सबैभन्दा वढि समय दिने मान्छे हुँ तर मेरो नै नाम जोडेर त्यसरी एउटा पत्रकारले समाचार लेखेर रमिता देखाएछन्’ उहाँले भन्नुभयो‘ यस्ता कुतर्क सहितको समाचारले मेरो र मेरो पार्टिको चुनावी कार्यक्रमलाई कुनै प्रभावक पार्ने छैन भन्ने कुरामा विश्वास दिलाउन चाहान्छु । तिवारी फलेवासको खानीगाउँ देविस्थान र मुडिकुवाको घरदैलोमा निकै व्यवस्त देखिनुभएको थियो ।

पार्टिको विजयी यात्रामा खलल पु¥याउन वामगठवन्धनको उक्साहटमा केहि पत्रकारले अनर्गल प्रचार गरेको भन्दै तिवारी खेद प्रकट गर्नुभयो । उहाँले काँग्रेसको एकतालाई भाँड्न विभिन्न खालका लाञ्छना लगाइएको भन्दै त्यस्ता भ्रामक हल्लाको पछाडी नलागी एक भएर काँग्रेस जिताउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा काँग्रेस नेता एकनारायण न्यौपानले समाचारको सत्यतामाथी प्रश्न उठाउँदै अनर्गल कुरा गरेर पार्टि र व्याक्तिको मानमार्दन गरेको भन्दै अनलाईन र समाचार लेख्ने अनलाईनका विरुद्ध प्रेश काउन्सिल जाने वताउनुभयो । ‘मेरो नाम जोडेर मलाई पनि प्रचारमा सहभागी नभएको भनेर त्यो अनलाईनमा लेखिएको छ,पत्रकारले कि राजनीति गर्न आउन कि स्वतन्त्र पत्रकारिता गरुन, उहाँले भन्नुभयो । गंगाराज शर्मा, गंगाधर तिवारी लगायतले काँग्रेसको एकतादेखि अन्य पार्टि डराएर अनलाईन मार्फत विभिन्न हतकण्डा मच्चाउन शुरु गरेको वताउनुभयो ।

आफ्ना आधिकारिक उम्मेदवारलाई जिताएर छोड्ने नेताहरुले दृढ संकल्प व्यक्त गर्नुभएको छ । फेसवुकमा वा अनलाईनमा कोहि कसैले केहि लेख्दैमा काँग्रेसको एकतामा कुनै फरक नपर्ने वरु काँग्रेसलाई यस्ता कुराले वलियो वनाउने उनीहरुको धारणा रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला