जिल्लाको आर्थिक समृद्धि, सडक, शिक्षा, युवा र महिलाहरुको उत्थानका लागि रुख चिन्हमा मतदान–जोशी

पर्वत  , २८ कात्तिक ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसलाई मतदान गर्नुेपर्ने बताउनु भयो । चुनावी आमसभा तथा घरदैलो कार्यक्रममा जिल्ला विभिन्न गाउँमा पुगेका जोशीले यस्तो बताएका हुन् ।
जोशीले जिल्लाको विकास निर्माण, आर्थिक समृद्धि, सडक, शिक्षा, सिंचाई र खानेपानी विकास, युवा र महिलाहरुको उत्थानका लागि आफु धेरै महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।
उहाँले लोकतन्त्रको जगमा मात्रै समाजको विकास र आर्थिक समृद्धि सम्भव भएको भन्दै उहाँले यसपटकको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिन आम मतदातालाई आग्रह गर्नुभयो ।
झण्डै साढे दुई दशकदेखि बामपन्थी शक्तिहरुले नै शासन गर्दै आएको भन्दै जोशीले उनीहरुले गरेका कार्यहरु सबैलाई छर्लङ्ग भएको बताउनु भयो ।
तिन पटक सांसद हुँदा आफुले सबै समय जिल्लाको विकास र समृद्धिका लागि खर्चिएको बताउँदै जिल्लाको विकास र समृद्धिका लागि रुख चिन्हमा मतदान गर्ने मतदातालाई आग्रह गर्नुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला