११ रुपैयाँको काउली १४० मा विक्रि : यसरी हुन्छ सेटिंग

काठमाडौं , २८ कात्तिक ।

मुलुकको पुर्वी नाका काँकडभिट्टाबाट प्रतिकिलो झन्डै ११ रुपैयाँसम्म छिरेको काउली राजधानीमा १ सय ४० रुपैयाँ पुगेको फेला गरेको छ ।

आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार राति कालिमाटी बजारमा छापा मार्दा व्यवसायीले तरकारी प्रतिकलिो साढे ११ रुपैयाँमा खरिद गरेको फेला पार्यो ।

एनएसवी ट्रेड एन्ड सप्लायर्सले काँकडभिट्टाबाट ल्याएको काउली, भिन्डी, परवर, भान्टा प्रतिकिलो मुल्य ११ रुपैयाँ ५० पैसाको दरले ७ हजार ५ सय किलो खरिद गरेको थियो ।

सोही दिन कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले प्रतिकिलो काउलीको हालसेल मुल्य  ७५ रुपैयाँ भिन्डी १ सय रुपैयाँ, परवर ७० र भान्टा ६५ रुपैयाँ तोकेको थियो ।

होलसेल मुल्यमा ७५ रुपैयाँ पुग्दा खुद्रा बजारमा काउलीको मुल्य १ सय ४०  रुपैयाँसम्ममा विक्रि भएको छ ।

विभागले उपलब्ध गराएको विवरणअनुसार स्थानीय बजारमा व्यवासयीले प्रतिझोला २५ रुपैयाँमा काउली र २० रुपैयााँ रायोसाग खरिद गदैै आएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला