राष्ट्रिय टोलीबाट अनिल गुरुङको सन्न्यास (भिडियो)

ZEN Travels

काठमाडौं, ,२९ कात्तिक ।

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका छन् ।

फिलिपिन्सविरुद्ध मंगलबार घरेलु मैदानमा खेल्दै अनिलले राष्ट्रिय टोलीबाट औपचारिकरुपमा बिदा लिएका हुन् ।

खेलको ८२औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान प्रवेश गर्दैै राष्ट्रिय टोलीबाट ५०औं खेल पूरा गरेका अनिललाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल सकिएपछि औपचारिक कार्यक्रमका साथ बिदाइ गरेको थियो ।

नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ ।

राष्ट्रिय टोलीबाट सन्न्यास लिएपनि अनिलले मनाङ्–मर्स्याङ्दी क्लबबाट अझै केही वर्ष घरेलु फुटबल खेल्नेछन् ।

सन् २००७ मा विश्वकप छनोटअन्तर्गत् ओमानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका अनिलले राष्ट्रका लागि ५० खेल खेल्दै ९ गोल गरे ।

पोखराको साहारा एकेडेमीका उत्पादन अनिलले नेपाली फुटबलले आफूलाई सबैथोक दिएको बताए ।

राष्ट्रिय टोलीबाट सोचेभन्दा सम्मानजनक रुपले बिदाइ हुन पाउँदा अत्यन्तै खुसी लागेको उनको भनाइ छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला