वामठवन्धनमा आवद्ध १५० कार्यकर्ताहरु पर्वतको चुवामा आयोजित कार्यक्रममा काँग्रेस प्रवेश

ZEN Travels

पर्वत,मंसिर ६ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीले नाटकीय रुपमा गरेको बाम गठबन्धन लामो समयसम्म नटिक्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस कुश्मानगरपालिका–८ चुवामा आयोजना गरेको चुनावी आमसभा लाई सम्बोधन गर्दै प्रक्रिया नपु¥याई गरेको गठबन्धन लामो समय टिक्न नसक्ने बताउनुभयो । उहाँले एमाले र माओवादी विच रातरात भएको सहमती सत्ताप्राप्त गर्ने गम्भिर षडयन्त्र मात्रै रहेको वताउनुभयो । उहाँले बाम एकता जिल्लाको विकास भन्दापनि सत्ता प्राप्तीका लागि मात्रै भएको बताउनुभयो । जोशीले एमाले लामो समयसम्म सरकारमा जान नपाएकाले बाम एकता गरेको आरोप लगाउनु भयो । देश अव आर्थिक समृद्धि तर्फ लम्केको बताउँदै जिल्लालाई समृद्धि बनाउने आफ्नो मुख्य एजेण्डा रहेको नता जोशीको कथन रहेको छ । काँग्रेसले जनतालाई धनी वनाउन,समृद्ध वनाउन र जनतालाई समस्यावाट मुक्ति दिलाउन चाहेको जोशीले उद्घोष गर्नुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल, समानुपातिक उम्मेदवार लालकाजी गुरुङ,कुश्मानगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने, काँग्रेस नेता रामशर्मा पौडेल, दलित संघका सचिव आन्नद विश्वकर्मा,कुश्मा नगरपालीका बढा नम्वर ५ की बडाध्यक्ष चित्रकला भारती ,बडा सभापती प्रकाश पौडेल ,राप्रपा नेपालका केन्द्रिय सदस्य रणवहादुर खत्री, राप्रपा समानुपातिक उम्मेदवार मानकुमारी गिरी लगायतले लोकतन्त्रको पक्षमा मतदान गर्न आह्वान गर्नुभयो ।

नेपाली काँग्रेस कुश्मा नगरपालिका–८ चुवाका कार्यवाहक सभापति देवीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत कुलप्रसाद पोखरेल र सञ्चालन नेपाली काँग्रेस चुवाका सह–सचिव अर्जुन क्षेत्रीले गर्नुभएको थियो । आज चुवामा भएको कार्यक्रममा माओबादी केन्द्रका देवराज पुरी, वडा नागरिक मञ्चका संयोजक समेत रहेकी एमालेवाट सिर्जना परियार सहित १ सय ५० जना व्याक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

दिनभर नवप्रवेशीहरुलाई स्वागतका लागि भ्याई नभ्याई भएको नेपाली काँग्रेसका नगर सचिव सुरेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार वाम गठवन्धनले देशमा अतिवाद निम्ताउन खोजेको र काँग्रेसले मात्रै देश र जनताको रक्षा गर्ने भन्दै उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला