आदर्शमा बालमैत्री वातावरणको स्थापना गर्ने लक्ष्य सहित अन्तराष्ट्रिय बाल अधिकार दिवस मनाईयो

ZEN Travels

रामकृष्ण लामिछाने,पर्वत ०६ मंसिर ।

अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा पर्वतको आर्दश मा.विले जनचेलनामुलक कार्यक्रमको आयोजना गरेर मनाएको थियो ।

विश्व बाल अधिकार दिवस  डे सेलेबेरेसनका रुपमा मनाइएको थियो । सबै विद्यार्थीहरुलाई मास एसेब्लििको आयोजना गरि यस सम्बन्धि जानकारी सहित छलफल गराइएको थियो । नेपालको संविधान २०७२ को भाग ३ धारा ३९ मा बाल अधिकारका बारेमा विभिन्न कुराहरु समावेश गरिइएको छ । विद्यालयमा बालमैत्री वातावरणको स्थापना गर्नुका साथै बाल अधिकार सम्बन्धि विषयमा विद्यार्थीहरुलाई सचेत गराउँदै बाल मनोरञ्जन पनि प्रदान गरिएको थियो ।

नेपालले अन्तराष्ट्रिय बाल अधिकार महासन्धिलाई अनुमोदन गरेको र त्यसलाई नेपालको संविधानमा समेत व्यवस्था गरेको थियो । बालश्रम निषेधित ऐन समेत आइसकेकोको र कार्यान्वयनमा जोडदिनु पर्नेकुराको बारेमा समेत जानकारी गराइएको थियो ।यो जानाकारी तथा अभिमुखिकरण विद्यालयका प्रिन्सिपल हिम बहादुर पौडेलले गर्नू भएको थियो ।

विद्यालयका एकेडेमिक इन्चार्ज तथा आइ एस ए कोर्डिनेटर कमल थापाले वालवालिकाको हक र अधिकारका लागि बनाइएका कानुनहरुलाई अक्षरशस् पालना हुनुपर्ने कुरा बताउँदै आजका बालबालिकाहरु आफ्ना अधिकार प्राप्तिका लागि आफैं जाग्नुपर्ने कुरा बताउनुभएको थियो । बाल संरक्षणका लागि पहिले घरपरिवार त्यसपछि विद्यालयबाट सुरुवात गर्नुपर्ने कुरा बताउँदै विद्यालयमा विश्व बाल अधिकार दिवस मनाउन पाउँदा अत्यन्तै खुशी भएको कुरा प्रष्ट पार्नुभएको थियो ।

विद्यालयमा गठित बाल क्लवकी अध्यक्ष करुणा पौडेलले आफूले विद्यालयमा बालमैत्री वातावरण पाएको कुरा बताउँदै आफूहरुले सिकेका कुराहरु समाजमा समेत लागू गर्ने कुरा बताएकी थिइन । विद्यालयका प्रधानाध्यापक हिम बहादुर पौडेल क्षेत्रीले विद्यालयलाई बालमैत्री बनाई पठनपाठनमा जोड दिदै आएको कुरा बताउँदै बालबालिकाहरुलाई मन नपराउने मानिसहरु सायदै कम होलान भन्दै  राष्ट्रका गहना भएकाले उनीहरु भित्रका भावनाहरुलाई बुझि त्यसअनुरुपको क्रियाकलापहरु गर्नुपर्ने करा बताउनुभएको थियो ।

१८ बर्ष मुनिका सम्पूर्णलाई बालबालिका भनेर संविधानमा समेत व्याख्या गरिएको अवस्थामा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु बालबालिका भएको कुरा स्मरण गर्दै अहिलेको आवश्यकता उनीहरुको मनोभावनालाई बुझि सकारात्मक सोचका साथ अगाडि बढाउनको लागि अभिप्रेरित गर्नुपर्ने कुरा बताउँदै आफ्ना विद्यालयमा पनि सो अनुरुपको शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आएको तथा अगामि दिनमा समेत अझै बालमैत्री विद्यालयको रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

बाल अधिकार दिवस फरक फरक दिनमा मनाउदै आए पनि संयुक्त राष्ट्रसंघले २० नोभेम्बर १९५४ बाट अन्तराष्ट्रिय बाल अधिकार दिवस विश्वभरि नै मनाउन थालेका र त्यसै अनुरुप विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बाल अधिकारप्रति सचेतना जगाउने तथा विद्यालयलाई बालअधिकार सुरक्षित विद्यालय बनाउन उद्देश्यले बाल अधिकार दिवसको कार्यक्रम गरिदै आएको कुरा बताउनु भएको थियो  ।

पहिलो दिनको जानकारी तथा अभिमुखिकरण पश्चात आज दोश्रो दिन बाल अधिकारको बुझाई मुल्यांकनको निम्ति कक्षागत रुपमा पुन जानकारीका साथ एसेम्बलीमा धेरै विद्यार्थीहरुले कविता,गित र वक्तृत्तामार्फत बाल अधिकारबारेमा अभिव्यत्तीहरु व्यक्त गरेका थिए भने सबैलाई लेख्न लगाई नोटिस जोनमा राख्नुका साथै उनीहरुका अभिभावकहरुलाई पनि उनीहरु मार्फत नै जानकारी गराईको थियो ।

यसरी विद्यार्थी,बाल क्लव,शिक्षक कर्मचारी तथा अभिभावक सहित सबैलाई बालअधिकारबारे जानकारी गराई घर तथा बिद्यालयलाई बालअधिकार संरक्षित क्षेत्र बनाउने अभियान आइएस ए परियोजना कार्य अन्र्तगत सम्पन्न गरिएको थियो ।यसले बाल आफनो अधिकार र कर्तव्यको समेत बोध भएको कुरा विद्यालयमा गठित विभिन्न क्लवका विद्यार्थीहरुले बताएका थिए ।

पहिला केबल बालअधिकार दिवस भनेर सम्झने गरेको यस पटक देखि बाल अधिकारको विषयमा जानाकारी मुलक कार्यक्रम गर्ने अवसर प्रदान गरेको विद्यालय प्रति विद्यार्थीहरु अत्यन्तै खुशि भएका थिए ।

https://www.facebook.com/minbahadur.thapa2/videos/1306473156130876/

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला