काँग्रेस प्रति यूवाहरुको आकर्षण वढेको वढ्यै

ZEN Travels

पर्वत ०६ मंसिर ।

वाम गठवन्धनको दुराचार र दुषप्रचार प्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को नै लागेको छ । आसन्न चुनावको मुखमा यूवाहरुको काँग्रेस प्रतिको भरोसा वढ्दै गएको हो । आस्वसन मात्रै वाँड्ने तर केही गर्न नसक्ने कम्युनिष्टहरु प्रति यूवाहरुको भरोसा कमजोर वन्दै गएपछि काँग्रेस लाई यूवाहरुले असल सारथी वनाउन थालेका छन् । पर्वतमा प्रतिनिधी सभामा केन्द्रिय सदस्य एवं विकासप्रेमी नेता अर्जुनप्रसाद जोशी र पर्वत क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका भरपर्दो र यूवाहरुका ढुकढुकी राजेन्द्रप्रसाद तिवारी उम्मेदवार वनेपछि त्यसक्षेत्रका यूवाहरु वाम गठवन्धनको खोर भत्काएर काँग्रेसको फुलवारीमा रमाउन आएका छन् ।

एउटै गाउँ रानीपानीवाट एमाले, माओबादी र जनमोर्चाका जिल्लास्तरमै चर्चित नेता काँग्रेसमा प्रवेश गरेका छन् । माओवादीका जिल्ला सदस्य नवराज शर्मा, स्थानीय निर्वाचनमा जनमोर्चाबाट वडा अध्यक्षका प्रत्यासी टेकबहादुर दर्जी, वाइसिएल इन्चार्ज जगत ठकुरी र कुमाल मुक्ति मोर्चाका संयोजक सूर्य कुमाल लगायत ७० वढि व्यक्ति रानीपानीवाट काँग्रेसको विजयी अभियानमा सहभागी भएका छन् ।
हरेकदिन मध्यरातीसम्म प्रवेशीहरुलाई उम्मेदवार तिवारी र अर्जुनप्रसाद जोशीलाई भ्याईनभ्याई भएको छ । त्यस्तै बामबगठन्धनको बलियो गड मानिएको कार्कीनेटा, फलामखानी, पाखापानी, कुर्घा, ठानामौला, लिमिठाना लगायतका वडाबाट बहुसंख्यक बामपन्थी कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । थापाठाना,लुँखु, होश्राङ्दी, भोक्सिङ, बालाकोट, हुवासबाट समेत धेरै युवाहरु काँग्रेसलाई जिताउन कम्मर कसेर लागीपरेका छन् ।
पर्वत क्षेत्र नम्बर २ काँग्रेसको गढ नै मानिन्छ । विभिन्न कालखण्डमा एमाले र माओबादीले अनेकन तिकडम गरेर जितेको भएपनि अहिले वाम शक्तिले पनि काँग्रेसको गढ भत्किन नसक्ने काँग्रेसका नेताहरु वताउँछन् । नेपाली काँग्रेसले प्रस्तुत गरेका उम्मेदवार जनताको रोजाईका उम्मेदवार हुन त्यसैले काँग्रेसले यसपाली जित्ने फलेवासका नेता गंगाराज शर्माले वताए । ‘काँग्रेसले यसपाली जनताको राम्रो साथ पाएको छ जनता अहिले निकै उत्साहि छन् उनीहरुले जिताउँछन्’, उनले भने हामीले नचाहिँदो आस्वशन दिएका छैनौँ ।’ गंगाराज शर्मा, खगेन्द्रप्रसाद तिवारी, एकनारायण न्यौपाने, ऋषिकेश तिवारी लगायत नेता चुनावी कार्यक्रममा सहभागी भएनन् भनेर वाम गठवन्धनले हल्ला चलाएको थियो । तर उनीहरु सबै चुनावी प्रचारमा दिनरात खटेर र डटेर लागिपरेका छन् । शर्माले भने,‘ हामीविच कुनै तिक्तता छैन पार्टिले दिएका आधिकारिक उम्मेदवारलाई नचाउँदै घरदैलोमा पु¥याउन हामी लागेका छौँ ।’

पर्वतको क्षेत्र नम्बर २ मा काँग्रेसलाई जनताले नै रुचाएका छन् । वामले एकदलिय तानाशाहितन्त्र चलाउन खोजेको जनताले स्पष्ट रुपमा वुझेकाले यसपाली जनताले गतिलो जवाफ दिने काँग्रेस नेता खगेन्द्रप्रसाद तिवारीले वताए । उनले अर्जुनप्रसाद जोशी र राजेन्द्र तिवारीलाई जनताले आशाको केन्द्रको रुपमा हेरेको तिवारीले वताए । अर्जुनप्रसाद जोशीले हुवासवाटै अव दोविल्लावाट पैयुँ हटियासम्म पक्कि वाटो वनाउने घोषणा गर्नुभएको स्मरण गराउँदै तिवारीले भने,‘ काँग्रेसले वोलेका कुरा पुरा गर्छ यसमा कुनै विवाद नै छैन ।’

विगतमा पर्वत क्षेत्र नं. १ बाट निरन्तर चुनाव जितेका काँग्रेस केन्द्रीय सदस्य जोशी र यूवा नेता राजेन्द्र तिवारीको उपस्थितिले क्षेत्र नं. २ का मतदाताहरु निकै उत्साहित भएको पाइएको छ । काँग्रेस प्रति मतदाताको उत्साह र बामपन्थी गठबन्धनमा आएको विचलनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसको जीत सुनिश्चित भएको नेपाली काँग्रेसका नेता एकनारायण न्यौपानेले वताए । उनले भने,‘ जोशी र तिवारीलाई विजयी वनाउने जिम्मा जनताको हातमा छ हामी जनताले न्याय गर्छन भन्नेमा पुरै विश्वस्त छौँ । बामपन्थी गठबन्धनले देशलाई शान्ति र समृद्धितिर भन्दा निरंकुशता र अतिवादतर्फ लैजाने खतरा बढेकोले मतदाता काँग्रेस तर्फ आकर्षित भएको न्यौपानेले वताए ।

पर्वतको क्षेत्र नम्बर २ मा एक ईन्च पनि वाटो पक्कि छैन । काँग्रेसका उम्मेदवारहरुले अलपत्र रहेको कालीगण्डकी लोकमार्गको पूर्णता गर्ने, दोविल्ला देखि हुवाससम्मको वाटो पक्कि वनाउने, सहायक सडकहरुको स्तरवृद्धि गर्ने, पर्यटन, कृषि, शिक्षामा आमुल परिवर्तन गर्ने, यूवाहरुलाई गाउँमै रोजगारी सिर्जना गर्ने, मरुभूमीमा रहेका यूवाहरुलाई गाउँ फर्काएर रोजगारी दिने, उर्जाको विकास गर्ने, हरेक स्थानीय तहमा एक सुविधासम्पन्न अस्पताल वनाउने, भूकम्प पीडितहरुलाई वास दिने घरवारविहिनलाई घर वनाईदिने, महिलाहरुलाई सुत्केरी भत्ता, वृद्धहरुको भत्ता ५ हजार वनाउने, किरियाखर्च पनि दिने, वालवालिकालाई पोषणभत्ता दिने, हरेक विद्यालयमा कम्प्युटर सहित प्राविधिक शिक्षा दिने उम्मेदवारको प्रतिवद्धता पत्रमा उल्लेख छ । घोषणापत्रमा भएका कुरा पुरा गर्ने उम्मेदवारले प्रतिवद्धता व्यक्त गरेका छन् । अव जनतालाई संविधान दिएपछि यसको कार्यान्वयन गर्नुपर्ने र विकास र समृद्धि निम्ताउन काँग्रेसलाई भोट हाल्न जनता आतुर रहेको उम्मेदवार अर्जुनप्रसाद जोशी र राजेन्द्रप्रसाद तिवारीले जनाए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला