पर्समा भूलेर पनि नराख्नुहोस यी ७ सामान, भइन्छ कङ्गाल

ZEN Travels

अधिकांश मानिसले कयौँ पटक पर्समा अनावश्यक चीजहरू राख्ने गर्दछन्। हाम्रो अल्छीपनका कारण यस्ता चीजलाई हटाउन प्रति हामी त्यति धेरै इच्छुक हुँदैनौ । तर के तपाईलाई थाहा छ, यो आलस्य र गल्ती नै समस्याको कारण बन्छ । कतिपय पर्समा राखिएको चीज यस्ता हुन्छन्, जसले धनको आगमनलाई रोक्छ । यदि तपाईको पर्समा पनि यस्ता ७ अनावश्यक चीज रहेका छन् भने तुरुन्त हटाउनुहोस् ।

पुरानो फाटेको वा च्यातिएको नोट- फाटेको वा च्यातिएको नोटले तपाईको मनस्थितिलाई उत्तेजित बनाउँछ, जसले खर्च प्रति बढी इच्छुक बनाउँछ । सोचमा नकारात्मकता ल्याउँछ, यसलाई तुरुन्त हटाउनुहोस् ।

पुरानो बिल- कतिपय मानिसले पुरानो बिलहरूलाई अत्यधिक सम्हालेर राख्ने चक्करमा पर्समा नै राख्न रुचाउँछन् तर यसको वृद्धिले धनको आगमनलाई रोक्छ । पुरानो बिललाई सम्हालेर आलमारी या अन्य सुरक्षित स्थानमा राख्नुहोस् ।

स्वर्गीय आफन्तको तस्वीर- स्वर्गीय आफन्तको तस्वीरमा हाम्रो भावनात्मक सम्बन्ध जोडिएको हुन्छ । तर यो बानी हाम्रो धनको प्रबल योगलाई कमजोर बनाउँछ । शुभताको दृष्टिले पनि यो उचित मानीदैन । आफ्नो निकटतमको स्मृतिहरूलाई घरमा र यादहरूमै सम्हालेर राख्नुहोस्, पर्समा होइन ।

उधारो हिसाब- हामीले जसबाट उधारो लिएका छौँ वा जसले हामीबाट उधारो लिएका छन्, यी दुवै हिसाब कुनै डायरीमा लेखेर घरमा राख्नुहोस् । पर्समा राख्दा धनको आगमनमा नकारात्मक प्रभाव पर्छ ।

इष्टदेवको तस्वीर- हाम्रो श्रद्धा एवम् आस्था अनुसार, हामी देवी-देवताको तस्वीरलाई पर्समा राख्ने गर्दछौँ तर यो प्रवृति उचित होइन । तस्वीरको सट्टामा उनीहरूको यन्त्र पर्समा राख्नु सक्नुहुन्छ ।

ब्लेड, चक्कु वा अन्य धारिलो सामग्री- कतिपय मानिसले आफ्नो सुरक्षाको लागि ब्लेड, चक्कु वा अन्य धारिलो सामग्री राख्ने गर्दछन्, तर यसले नकारात्मक ऊर्जाको संचार हुन्छ । कयौँ पटक थाहै नभई यहीँ चीज आफ्नै लागि खतरनाक सावित हुन्छ । धनको लागि यो शत्रु सामग्री हो ।

अनावश्यक कागजपत्र- कुनै पनि अनुपयोगी सामग्री छ भने यसलाई जति सक्दो चाँडो हटाउनुहोस्, किनकि पर्समा पुरानो कागजपत्र र अनावश्यक सामग्री राख्दा धन संचित हुँदैन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला